मेलाम्चीको पानीमा खेल : असार १ गतेदेखि बन्द हुने, के उपत्यकामा खानेपानी आउँदैन त ?

यस्तो छ उपत्यकामा खानेपानी आउने कार्यतालिका

Melamchi news 31

काठमाडौं । काठमाडौंमा मेचाम्चीको पानी आउँदा उपत्यकाबासी निक्कै दंग परेका थिए । तर, फेरि उपत्यकाबासीलाई फेरि उहि पुरानो समस्या दोहोरिने भएको छ ।

सुरुङ निरीक्षण गर्दा समस्या नदेखिएमा पुनः पानी ल्याउँदा ३० देखि ४० दिनसम्म लाग्न सक्ने भएपछि असार १ गतेदेखि मेचाम्चीको पानी वितरण बन्द हुँदैछ ।

काठमाडौंवासीलाई फेरि पानीको समस्या हुने भएको छ । गत चैत १५ देखि काठमाडौंमा आएको मेलम्चीको पानी २ महिना नआउने भएपछि काठमाडौंपासीले फेरि पानीको समस्या झेल्नुपर्ने भएको हो ।

काठमाडौं उपत्यकामा खानेपानी वितरण गर्दै आएको काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयूकेएल)ले सोमबार एक सूचनामार्फत् पानी वितरणको नयाँ तालिका सार्वजनिक गरेको छ ।

यो काम काठमाडौंमा खानेपानी वितरण सुरु गर्नुअघि नै गर्नुपर्ने थियो । तर, उद्घाटनको हतारोका कारण पछि सारेर सुरुङ परीक्षणविनै सञ्चालन गरिएको थियो ।

हतार–हतार उद्घाटन गर्नकै लागि पानी हाल्दा सुरुङमा प्रभाव परे÷नपरेको सुपरीवेक्षण नगर्ने सरकारी योजनाप्रति आयोजनाकै प्राविधिकहरुले भने चित्त बुझाएका थिएनन् । छिटो गर्ने नाममा आयोजनालाई दीर्घकालमा समस्या पर्नसक्ने उनीहरुको चेतावनी थियो ।

तर, हतारहतार चैत्र १५ गतेबाट काठमाडौमा वितरण गर्न थालिएको मेलम्चीको पानी आगामी असार १ देखि करिब दुई महिना काठमाडौंमा नआउने भएको छ ।

विज्ञहरुले पनि २५ वर्ष प्रतीक्षा गरेको परियोजनामा गर्नैपर्ने २५ दिनको काम नगरी सरकारले जोखिम मोल्न लागको बताएका थिए । भरिएको सुरुङ खाली गराएर कहाँ–कहाँको अवस्था कस्तो छ भनेर विज्ञबाटै सुपरीवेक्षण गराउनुपर्ने थियो ।

पहिले पानी झर्ने दरमा नै खाली गर्दा १५ दिन लाग्ने देखिएको छ । २७ किमी सुरुङको निरीक्षणका लागि १० दिन लाग्नेछ । दुई वर्ष पहिले चिनियाँ निर्माण कम्पनी सिनो हाइड्रोसँग ठेक्का सम्झौता हुँदा कार्यविधिमा सुरुङमा पानी भरेर पुनः खाली गराएर निरीक्षण गर्ने उल्लेख थियो ।

हाल मेलम्चीबाट दैनिक १७ करोड लिटर पानी आउने गरेकामा दैनिक थप ३४ करोड लिटर पानी आउने गरी सो निर्माण अघि बढाउन लागिएको हो । सरकारले आगामी आबमा सो आयोजनाका लागि तीन अर्ब ५१ करोड विनियोजन गरेको छ । असार १ देखि पानी भर्न बन्द गरे पनि १५ दिन सुरुङको पानी खाली गर्न समय लाग्छ । त्यसपछि विज्ञ र प्राविधिकले सुरुङभित्र गएर अवस्थाको अध्ययन गर्नेछन् । समस्या देखिएको भए त्यसको समाधनन पनि गर्नेछन् ।

तर, उपत्यकाबासीलाई निरास नै बनाइदिएको छ । सुरुङ परीक्षणका लागि मेलम्चीको पानी आउन केही दिन बन्द हुने भएपछि खानेपानी वितरणको तालिका फेरिएको छ । चैत १५ गतेदेखि वितरण सुरु गरिएको मेलम्चीको पानी हाल दैनिक १७ करोड लिटर आउने गरेको थियो । अब करिब २ महिनापछि मात्रै मेलम्चीको पानी पुनः वितरण गरिनेछ ।

सो अवधिसम्मका लागि काठमाडौं उपत्यकामा असार १ गतेदेखि लागु हुनेगरी काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयूकेएल) ले खानेपानी वितरणको तालिका परिवर्तन गरेको छ । नयाँ तालिका अनुसार काठमाडौं उपत्यकामा वितरण केन्द्र अनुसार २ दिनदेखि १२ दिन बिराएर पानी आउनेछ ।
यस्तो छ तालिका

प्रतिकृया दिनुहोस