नवनियुक्त मन्त्रीले लिए पद तथा गोपनीयताको शपथ

साढे तीन वर्षको अवधिमा ओलीले गरे १८औँ पटक मन्त्रिपरिषद हेरफेर

196352382 346406766865934 3817215251762011348 n

काठमाडौँ । नवनियुक्त सांसद तथा मन्त्रीहरुले पद तथा गोपनीयताको शपथ लिएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले नवनियुक्त मन्त्रीलाई शपथ ग्रहण गराएकी हुन् भने राज्यमन्त्रीलाई प्रधानमन्त्री ओलीले शपथ गराएका हुन् ।

जेठ २१ गते गरिएको मन्त्रिपरिषद् विस्तारविरुद्ध परेको रिट विचाराधीन रहेको र कारण देखाऊ आदेश जारी भएको सन्दर्भमा ओलीले बिहीबार फेरि मन्त्रीपरिषद विस्तार गरेका हुन् ।

साढे तीन वर्षको अवधिमा ओलीले गरेको मन्त्रिपरिषद हेरफेर यो १८औँ पटक हो ।

बिहीबार प्रधानमन्त्री केपी शर्मा ओलीले माधव नेपाल पक्ष, बादल निकट, जसपा र आफ्नै गुटमा आबद्ध नेताहरुलाई समेटेर पद तथा गोपनीयताको शपथ गराएका हुन् ।

बिहीबार नेपाल पक्षमा रहेर केही समयदेखि तटस्थ देखिँदै आएका गणेश पहाडीलाई सामान्य प्रशासन मन्त्रीको जिम्मेवारी दिएको छ । त्यस्तै रामबहादुर थापा बादलको कोटामा उनीकी पत्नी नैनकला थापा सञ्चार मन्त्रलाको जिम्मेवारी दिइएको छ ।

ओलीले आफूनिकट नेता खगराज अधिकारीलाई गृहमन्त्रालयको जिम्मेवारी दिएका छन् ।

त्यस्तै नारदमुनी रानालाई वनमन्त्री, मोहन वानियाँ प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, ज्वालाकुमारी साह कृषिमन्त्री, राजकिशोर यादव उद्योगमन्त्री र आशा विक, वनराज्यमन्त्रीको जिम्मेवारी दिइएको छ ।



प्रतिकृया दिनुहोस