प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दामा आजदेखि संबैधानिक इजलासमा सुनुवाई हुने

Sarbocha adalataaa 1

काठमाडौं । प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दामा आजदेखि संबैधानिक इजलासमा सुनुवाई हुने भएको छ ।

सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधि सभा विघटन गरेपछि पक्ष र विपक्षमा सर्वोच्च अदालतमा परेका ३० वटा मुद्दामा आजदेखि फेरि सुनुवाइ हुन थालेको हो ।

यसअघि भएको सुनुवाईका क्रममा इजलास गठनको विषयमा विवाद भएपछि संवैधानिक इजलास पुनर्गठनको प्रक्रिया अघि बढेको थियो । जसअनुसार आजदेखि शुरु हुने सुनुवाईमा कस्तो इजलास गठन होला भन्ने विषयमा सर्वत्र कौतुहलता बढेको छ ।

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा, वरिष्ठतम् न्यायाधीश दीपककुमार कार्की, न्यायाधीशहरु डा. आनन्दमोहन भट्टराई, तेजबहादुर केसी र बमकुमार श्रेष्ठको संवैधानिक इजलासमा न्यायाधीशद्व केसी र श्रेष्ठले नेकपा पार्टी एकता र दर्ताको पुनरावलोकन अनुमति दिने फैसला गरेको विषयलाई लिएर प्रश्न उठाइएको थियो ।

नेकपा फुटाउने निर्णय गरेका दुई जना न्यायाधीशको उपस्थितलाई लिएर वरिष्ठ न्यायाधीशहरु दीपककुमार कार्की र आनन्दमोहन भट्टराईले आफूहरु संवैधानिक इजलासमै नबस्ने जानकारी गराएपछि यो विषय झनै तात्तिएको थियो ।

प्रधानन्यायाधिश राणाले गएको शुक्रबार नागरिकता सम्बन्धि अध्यादेशको सुनुवाईका लागि वरिष्ठताको आधारमा इजलास गठन गरेर आज पनि यसैलाई निरन्तरता दिने संकेत गरेका छन् । प्रधानन्यायाधीश राणाले आफ्नो अध्यक्षतामा वरिष्ठतम न्यायाधीश दीपककुमार कार्की, न्यायाधीश मीरा खड्का, हरिकृष्ण कार्की र ईश्वरप्रसाद खतिवडा रहेको इजलास गठन गरेका थिए ।

 

प्रतिकृया दिनुहोस