भोलिदेखी खुल्ने भनिएको अन्तर्राष्ट्रिय उडान थप अनिश्चित, किन रोकिने भयो उडान ?

1598944639 hfswq

काठमाडौँ । भोलीदेखि चीनसहितको तीन मुलुकमा सुचारु हुने भनिएको हवाइ उडान पुनः रोकिएको छ ।

एक साताअघि मन्त्रिपरिषद्बाट १८ जेठबाट तीन मुलुकका लागि नियमित हवाइ उडान हुने संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री भानुभक्त ढकालले जानकारी गराएका थिए । तर सो निर्णय कार्यान्वयन गराउन नेपाल नागरिक उड्डयन प्राधिकरणमा अहिलेसम्म नपुगेको कारण हवाई उडान नहुने निश्चित भएको छ ।

१४ जेठमा मन्त्री ढकालले मन्त्रिपरिषद् बैठकबाट चीन, कतार र टर्कीमा नियमित उडान खुल्ने निर्णय भएको सार्वजनिक गरेका थिए ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका प्रवक्ता तारानाथ अधिकारीले यो निर्णय कार्यान्वयनमा आउन अझै एक साता लाग्ने बताए ।

अधिकारीका अनुसार क्वारेन्टिन व्यवस्थापन, वायुसेवा कम्पनीलाई दिने उडान अनुमति संख्या लगायत विषयको टुंगो अझै लागेको छैन । सोमबारसम्म उडान सञ्चालन गर्नेबारे कुनै निर्णय नआएको नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता राजकुमार क्षेत्रीले जानकारी दिए ।

सोमबार वा मंगलबार निर्णय आएपछि उडान व्यवस्थापन मिलाउन कम्तीमा एक साताको समय लाग्छ । सोही कारण एक साता तोकिएका मुलुकमा समेत नियमित उडान नहुने निश्चित भएको हो ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...