माधवकुमार नेपालले सोधे, २८ वर्षसम्म दासढुंगाको रहस्य किन खुल्न सकेन ?

Madan jibraj

काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले तत्कालिन महासचिव मदनकुमार भण्डारी र संगठन विभाग प्रमुख जीवराज आश्रितको दासढुङ्गा दुर्घटनाको यथार्थ पत्ता लगाउन माग गरेका छन् ।

एमालेका तत्कालीन महासचिव मदन भण्डारी र संगठन विभाग प्रमुख जीवराज आश्रितको २८ औं स्मृति दिवसको अवसरमा नेता नेपालले एक विज्ञप्ति जारी गर्दै सो आग्रह गरेका हुन् ।

२०५० साल जेठ ३ गते चितवनको नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत दासढुंगामा भएको जिप दुर्घटनामा मदन–आश्रित मारिएका थिए । यतिका समय बित्दा पनि मदन भण्डारी र जीवराज आश्रितको मृत्युलाई रहस्यमय भन्दै सत्य तथ्य पत्ता लगाउन माग गरेका हुन् ।

उनीहरुको योगदानको स्मरण गर्दै नेता नेपालले भनेका छन्, ‘जननेता कमरेड मदन भण्डारी र कमरेड जीवराज आश्रितको रहस्यमय दासढुंगा जीप दुर्घटनामा दुःखद् निधन भएको २८ वर्ष बितिसक्दा पनि उक्त घटनाको रहस्य बाहिर आएन । घटनासँग जोडिएका अमर लामाको रहस्यमय हत्या हुनुले यस घटनालाई झनै रहस्यमय बनाएको छ । त्यसैले दासढुंगा घटनाको यथार्थ पत्ता लगाउन सम्बन्धित पक्षलाई आग्रह गर्न चाहन्छु ।’

वरिष्ठ नेता नेपालले घटनासँग जोडिएका ब्यक्ति अमर लामाकोसमेत रहस्यमय हत्या हुनुले दासढुंगा घटनालाई झनै रहस्यमय बनाएको बताएका छन् ।नेपालले कम्युनिस्ट आन्दोलनमा अविचलित रही अघि बढ्नुपर्नेमा समेत जोड दिएका छन् ।

उनले भण्डारीले प्रतिपादन गरेको बहुदलीय जनवादले निर्दिष्ट गरेको बाटोबाट भाग्ने वा विचलित हुने छुट कसैलाई नभएको जिकिर समेत गरे । दासढुंगा काण्डलाई ‘रहस्यमय’ भन्ने गरिन्छ । सो घटनायता पटक–पटक सरकारमा पुग्दा पनि सत्यतथ्य पत्ता लगाउन नसकेको भन्दै एमालेको आलोचना हुने गरेको छ ।

दासढुंगा काण्डलाई ‘रहस्यमय’ भन्ने गरिन्छ । सो घटनायता पटक–पटक सरकारमा पुग्दा पनि सत्यतथ्य पत्ता लगाउन नसकेको भन्दै एमालेको आलोचना हुने गरेको छ ।
यस्तो छ नेपालको विज्ञप्ती

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...