२८औं मदन–आश्रित स्मृति दिवस : मदन भण्डारीको शालिकमा माल्यार्पण गरेर मनाइयो

Madan bhandari salik

काठमाडौं । नेकपा एमालेले सोमबार २८औं मदन–आश्रित स्मृति दिवसका अवसरमा एमाले नेताहरु बल्खुस्थित पुरानो पार्टी कार्यालय परिसरमा भेला भएर मदन भण्डारीको शालिकमा माल्यार्पण गरेका छन् ।

विगतमा एमालेले मदन–आश्रित स्मृति दिवसको अवसरमा विशेष कार्यक्रम आयोजना गर्थ्यो । यसपटक भने कोरोना भाइरस संक्रमणको महामारीका कारण सीमित संख्यामा भेला भएर एमालेले स्मृति दिवस मनाएको छ ।

कार्यक्रममा प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी शर्मा ओली, बामदेव गौतम, उपप्रधानमन्त्री ईश्वर पोखरेल, गृहमन्त्री रामबहादुर थापा ‘बादल’, नेताहरु सुभाष नेम्वाङ, घनश्याम भुसाल, सुरेन्द्र पाण्डे लगायत सहभागी थिए ।

एमालेले बल्खुस्थित पार्टी कार्यालय रहेको क्षेत्रलाई मदन भण्डारीको नामबाट ‘मदन नगर’ नामाकरण गरेको छ । बल्खुस्थित एमाले केन्द्रीय कार्यालयको रातो भवन २०७२ सालको भूकम्पले क्षति पुगेको छ ।

सो स्थानमा नयाँ अत्याधुनिक पार्टी कार्यालय निर्माणको प्रक्रिया अघि बढाइएको छ । हाल एमालेले बबरमहलस्थित भाडाको एक घरबाट केन्द्रीय कार्यालय सञ्चालन गर्दै आएको छ ।

२०५० साल जेठ ३ गते चितवनको नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत दासढुंगामा भएको जिप दुर्घटनामा एमालेका तत्कालीन महासचिव मदन भण्डारी र नेता जीवराज आश्रितको मृत्यु भएको थियो ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

२२ तोला सुन र २० रोपनी जग्गा भएका स्वास्थ्यमन्त्री तामाङ कति धनी कति गरिव ?

Ushakala rai sher tamang

काठमाडौं । कानुनमै सार्वजनिक पद धारण गरेका व्यक्तिहरुले आफ्नो सम्पत्ति विवरण पेश गर्नुपर्ने भनिएक...