सुकृति शर्माले पाइन् ५ लाख ८४ हजार राशिको ब्लूमक्विस्ट पुरस्कार

Sukriti sharma

काठमाडौं । ‘सत्र पुष्प पत्रहरु’ नामक कथा संग्रहकी लेखक सुकृति शर्मालाई ब्लूमक्विस्ट परिवारिक छात्रवृत्ति कोषले ब्लूमक्विस्ट –२०२१ बर्ष पुरस्कार प्रदान गरेको छ ।

परिवार, विद्यालय र सामाजिक क्षेत्रमा उल्लेखनीय योगदान गरेका फेयरफ्याक्स काउन्टी स्कूल अन्तर्गतका उत्कृष्ट बिद्यार्थीहरु मध्येबाट छानिने एक बिद्यार्थीलाई वार्षिक रुपमा प्रदान गरिने उक्त पुरस्कारको राशि ५ हजार डलर छ ।

भविष्यमा विश्वभरीका बालबालिकाहरूको स्वास्थ्यका लागि आफ्नो जीवन लगानी गर्ने सोच बनाएकी सुकृतीले सानै उमेरदेखि स्थानीय एबम राष्ट्रिय स्तरका सञ्चारमाध्यमहरुमा बालबालिकाहरूको पक्षमा आफ्ना लेखहरु प्रकाशन गर्दै आएकी छन् ।

‘अमेरिकाको भविष्यका डाक्टरहरु’ नामक स्कूल स्तरीय क्लबको उपाध्यक्ष समेत रहेकी सुकृतिले सप्ताहान्तमा इनोभा फेयरफ्याक्स क्याम्पसमा स्वयम्सेविकाको रुपमा काम गर्दै आइरहेकी छन् ।

ब्लूमक्विस्ट परिवारिक प्रतिष्ठानले धेरै लामो समयदेखि ‘कलेज एक्सेस फेयरफ्याक्सः ओपनिङ डोर टु द फ्युचर’ नामक संस्था मार्फत उक्त पुरस्कार प्रदान गर्दै आइरहेको कलेज एक्सेस फेयरफ्याक्सद्वारा प्रेषित पत्रमा उल्लेख गरिएको छ ।

प्रतिकृया दिनुहोस