प्रधानमन्त्री ओलीले पुनः सपथ लिनुपर्ने मागसहित कानून व्यवसायीहरु सर्वोच्चमा

Sarbocha adalataaa 1

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पुनः सपथ ग्रहण गर्नुपर्ने मागसहित कानून व्यवसायीहरु रिट लिएर सर्वोच्च पुगेका छन् ।

वरिष्ठ अधिवक्ता चन्द्राकान्ता ज्ञवाली, अधिवक्ताहरु लोकेन्द्र ओली, केशर जंग केसी, विरभद्र जोशी, सन्तोष भण्डारी लगायतले ३ वटा छुट्टाछुट्टै रिट लिएर सर्वोच्च पुगेका हुन् ।

गत शनिबार प्रधानमन्त्री ओली फेरि पनि प्रधानमन्त्री नियुक्ति भएपछि लिनुभएको गोपनियताको सपथ वदर गरि पुनः सपथग्रहण गर्नुपर्ने माग रिट निवेदनमा छ ।

यस्तै सांसद पद नरहेका नवनियुक्त मन्त्रीहरुको नियुक्ती पनि बदर गर्ने माग रिट निवेदनमा गरिएको रिट निवेदक अधिवक्ता विरभद जोशीले जानकारी दिए ।

 

प्रतिकृया दिनुहोस