पहाडी भूभागमा मौसम बदली, केही स्थानमा पानी पर्ने

Mausam

काठमाडौँ । हाल देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भू–भागहरुमा मौसम सफा रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार आज दिउँसो देशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रहने छ र बाँकी भू–भागहरूमा आंशिक बदली रहने छ । देशका पहाडी भू–भागका थोरै स्थानहरुमा मेघगर्जन, चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ ।

आज राति देशका प्रदेश १ र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली र बाँकी भू–भागहरुमा आंशिक बदली रहने छ । प्रदेश नं १ का पहाडी भू–भागका एक दुई स्थानमा मेघगर्जन, चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ ।

आज दिनभर देशका पहाडी भू–भागका थोरै स्थानहरुमा मेघगर्जन, चट्याङसहित हल्का वर्षाको सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

अहिले नेपालमा पश्चिमी न्यून चापीय प्रणाली र नेपालको दक्षिण–पूर्व भू–भाग नजिक रहेको न्युन चापीय प्रणालीको प्रभाव रहेको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...