संसदका पदाधिकारी, सांसद र कर्मचारीलाई आजदेखि कोभिसिल्डको दोस्रो डोज लगाइने

Vaccine 162021 01 16 01 23 17

काठमाडौं । प्रतिनिधि सभाका सभामुख, राष्ट्रिय सभाका अध्यक्ष, संघीय ससंद सचिवालयका कर्मचारी लगायतलाई आजदेखि कोभिसिल्ड खोपको दोस्रो डोज लगाइने भएको छ ।

संघीय संसद सचिवालयले एक सूचना जारी गरी पहिलो चरणको कोभिसिल्ड खोप लगाई आठ हप्ता पुगिसकेकाहरुलाई भोलीदेखि खोप लगाउने जनाएको हो ।

प्रतिनिधि सभा र राष्ट्रिय सभाका सबै सदस्यहरु लगायतलाई अन्तर्राट्रिय सम्मेलन केन्द्रमा खोप लगाइने छ । पहिलो डोज कोभिसिल्ड लगाएका ६५ वर्षमाथिका वृद्धवृद्धालाई भने दोश्रो डोज कहिलेदेखि लगाउने भन्ने अझै अन्योल छ ।

प्रतिकृया दिनुहोस