पछिल्लो २४ घण्टामा कोरोना सङ्क्रमणबाट थप २ सय १४ जनाको मृत्यु

Corona dead body

काठमाडौँ । यतिखेर नेपालमा दोस्रो लहरको काेभिड-१९ संक्रमणकाे अवस्था पहिलो लहरको भन्दा जटिल देखिदै गएको छ। अस्पतालमा उपचारका लागि बेड मुस्किलले मात्र पाइने अवस्था छ ।

अक्सिजनको आपूर्ति माग भन्दा लगभग आधा मात्र छ । जसकारण काेराेनाबाट मर्नेकाे संख्या पनि वृद्धि हुँदै गएको छ । नेपालमा कोरोना भाइरसको सङ्क्रमणबाट थप दुई सय २४ जनाको ज्यान गएको छ ।

योसहित कोरोना सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या चार हजार चार सय ६६ पुगेको छ । यस्तै पछिल्लो २४ घण्टामा आठ हजार नौ सय ६० जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । यस्तै २४ घण्टामा पाँच हजार ५५ जना निको भएसँगै सङ्क्रमणमुक्त हुनेको सङ्ख्या तीन लाख २१ हजार पाँच सय १८ पुगेको छ ।

विगतको तुलनामा वैशाख महिनाबाट कोरोना संक्रमित र मृत्युको संख्या बढेको पाइएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको कोभिड-१९ तथ्यांक हेर्दा वैशाख १ गतेसम्म संक्रमितको संख्या ६ सय ३ थियो भने ३ जना संक्रमितले ज्यान गुमाएका थिए ।

कोरोनाबाट मृत्यु हुनेको संख्या वैशाख २५ गतेबाट फेरि बढेको तथ्यांकमा देखिन्छ । त्यसबेला ५० जनाको मृत्यु भएको थियो। वैशाख २६ गते, २७ गते, २८ गते र २९ गते क्रमश ५३ ,८८, १३९, २२५ र १६८ जनाको मृत्यु भएकाे छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...