ट्रमा सेन्टरका निर्देशक डा. सन्तोष पौडेल भन्छन् ‘रातभर थामियो, अब भगवान भरोसा’

Trauma center ktm

काठमाडौं । काठमाडौं उपत्यकाभित्रका अधिकासंस अस्पतालहरुले अक्सिजनको अभावमा अब कोरोना संक्रमितका नयाँ विरामी भर्ना नदिने बताइरहेका बेला काठमाडौंको महांकालस्थित राष्ट्रिय ट्रमा सेन्टरमा अक्सिजन अभाव भएको छ । जसले गर्दा त्यहाँ उपचाररत १०५ जना संक्रमितको ज्यान जोखिममा परेको छ ।

काठमाडौंसँगै देशभरका अस्पताल अभाव भएको छ । कतिपय अस्पतालमा अक्सिजन नहुँदा संक्रमितको ज्यान गएको छ । काठमाडौं उपत्यकाभित्रका पनि अिधकांस अस्तालहरमा अक्सिजनकै अभाव छ ।

सरकारले देशभरका कोभिड अस्पताललाई हेर्ने गरी ट्रमा सेन्टर र बीर अस्पताललाई कोभिड डेडिकेटेड अस्पताल बनाउने निर्णय गरेको छ । यद्यपि सोही अस्पतालमा अक्सिजनको अभावले नेपालको स्वास्थ्य क्षेत्र संकटमा परेको देखाउँछ ।

राष्ट्रिय ट्रमा सेन्टरका निर्देशक डा. सन्तोष पौडेलले अक्सिजन अभाव भएको बताएका छन् । उनले आज बिहानै सामाजिक सञ्जालमा लेख्दै अक्सिजन अभाव भएको जनाएका छन् ।

उनले गएरातिबाट नै अक्सिजन अभाव भएको जनाएका छन् । निर्देशक डा. पौडेलले लेखेका छन्, ‘अक्सिजनको चरम अभाव, रातभर त थामियो अब गाह्रो भो ।’

उनले फेसबुकमा लेखेका छन्, ‘राष्ट्रिय ट्रमा सेन्टरमा १०५ जना विरामीहरु अक्सीजनको सहायताले उपचाररत छन् । तर आज रात भरी अस्पतालका निर्देशक डा. सन्तोष पौड्यल सहित खटिएर एम्बुलेन्स मार्फत अक्सिजन ओसार्दा पनि बिहान ७ बजे सम्मको लागि मात्र अक्सीजनको व्यवस्था गर्न सकियो अब तत्काल अक्सीजन व्यवस्था गर्न नसकिएमा भगवान भरोसामा छ ।’

काठमाडौंका पनि अन्य अस्पतालमा अक्सिजन अभाव भएको छ। सीसीएमसीले कोटा निर्धारण गरेपछि अक्सिजन अभाव भएको कतिपयको भनाई छ । त्यससँगै उत्पादन पनि नपुगेको जनाएको छ । आपूर्ति व्यवस्था पनि सहज रुपमा हुन नसकेको चिकित्सकहरूले बताएका छन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

२२ तोला सुन र २० रोपनी जग्गा भएका स्वास्थ्यमन्त्री तामाङ कति धनी कति गरिव ?

Ushakala rai sher tamang

काठमाडौं । कानुनमै सार्वजनिक पद धारण गरेका व्यक्तिहरुले आफ्नो सम्पत्ति विवरण पेश गर्नुपर्ने भनिएक...