कोरोना संक्रमण बढेको बढ्यै, पछिल्लो २४ घन्टाको अवधिमा ९३०५ जना कोरोना संक्रमण पुष्टि

Corona graff

काठमाडौं । कोरोना संक्रमण नियन्त्रणका लागि भन्दै सरकारले काठमाडौं उपत्यकासहित देशका विभिन्न जिल्लामा निषेधाज्ञा जारी गरेको छ । तर पनि कोरोना संक्रमण घटेको छैन ।

नेपालमा २४ घन्टाको अवधिमा ९ हजार ३ सय ५ जना कोरोना भाइरस संक्रमित थपिएका छन् भने १ सय ६८ जनाको मृत्यु भएको छ । योसँगै हालसम्म मृत्यु हुनेको संख्या ४ हजार २ सय ५२ पुगेको छ ।

योसँगै हालसम्म कोरोना संक्रमितको संख्या ४ लाख २२ हजार ४ सय १६ पुगेको छ । यीमध्ये १ लाख १ हजार ६ सय ३४ जना सक्रिय संक्रमित अवस्थामा रहेका छन् ।

बुधबार देशभर ४ हजार ४ सय ४४ जनाले कोरोना संक्रमणमुक्त भएर फर्किएका छन् । २४ घन्टामा संक्रमणमुक्त भएका ४ हजार ४ सय ४४ जनासँगै देशभर कोरोना जित्नेको संख्या ३ लाख १६ हजार ४ सय ६३ जना पुगेको छ । निको हुने दर ७४.९ प्रतिशत रहेको छ ।

पछिल्लो २४ घन्टामा देशभर २० हजार ३ सय ६२ आरटी पिसिआर र ४ सय २४ एन्टिजेन परीक्षण गरिएकोमा ९ हजार ३ सय ५ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए ।

काठमाडौंमा ३ हजार २ सय ५, ललितपुरमा ४ सय ४८ र भक्तपुरमा २ सय २६ जना गरी उपत्यकामा ३ हजार ९ सय २४ जना संक्रमित थपिएका छन् ।

 

प्रतिकृया दिनुहोस