अक्सिजनको अभाव बढेको भन्दै नर्भिकले भन्यो, अकल्पनिय घटना हुन सक्छ 

Norvic hospital

काठमाडौँ । नर्भिक इन्टरनेशनल अस्पतालले कोभिड संक्रमणको दर बढेसँगै अक्सिजनको अभाव बढ्दै गएको बताएको छ ।

उसले राज्यको अनुदार नीतिले समस्यालाई झन् बल्झाएको र तोकिएको कोटाअनुसार अक्सिजन उपलब्ध हुन नसकेको बताएको छ। कार्यकारी निर्देशक राजेन्द्रबहादुर सिंहले बुधबार विज्ञप्ति जारी गरी यो अवस्था जारी रहने हो भने अकल्पनीय घटना हुन सक्ने बताएका छन्।

उनले अक्सिजन लगायत अन्य उपचार सामग्री उपलब्ध भएसम्म बिरामीको सेवामा कमी हुन नदिने बताए।  ‘स्थिति हाम्रो काबुबाहिर नजाओस् भनी हामी प्रयत्नशील पनि छौं,’ उनले विज्ञप्तिमा भनेका छन्।

सिंहका अनुसार नर्भिकमा आफ्नै अक्सिजन प्लान्ट छ। त्यसले दैनिक ३५ देखि ३८ वटा ठूलो सिलिण्डरमा अक्सिजन उत्पादन गर्थ्यो।

उससँग जम्मा १५० बेड छन्। ती सबै अहिले कोभिड उपचारमा छन्। अहिले नर्भिका १५२ जना बिरामी कोभिडकै छन्। १५० जना बेड र दुई जनालाई ह्विलचियरमा राखेर उपचार गरिरहेको सिंहले बताए।

a

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...