जेठ १७ सम्म अन्तर्राष्ट्रिय उडानमा प्रतिबन्धको समय थप

Hawai udan

नेपालमा तत्काल कोरोना संक्रमण आउने नदेखेपछि नेपालमा हुने अन्तर्राष्ट्रिय उडानमा प्रतिबन्धको समय थप गरिएको छ । नागरिक उडडयन प्राधिकरणले नेपालमा हुने अन्तर्राष्ट्रिय उडानमा आगामी जेठ १७ को मध्यरातसम्म प्रतिबन्धको समय थप गरेको हो ।

प्राधिकरणका अनुसार यो अवधिमा एयर बबल सम्झौता अनुसार काठमाडौँ र नयाँ दिल्लीबीच हप्ताको दुईवटा उडान भने कायम रहनेछ । यस्तै नेपाल एयरलाइन्स र एयर इन्डियाले हप्तामा एक–एक उडान गर्ने उल्लेख छ ।

सो प्रतिबन्ध लम्ब्याएर सरकारले १७ जेठ पुर्‍याइएको हो । यसबीचमा एयरलाइन्सहरुले मेडिकल उडान, चार्टर्ड र कार्गो उडानको अनुमति भने पाउने भएका छन् ।

अन्तर्राष्ट्रिय उडान लम्बिएपछि वैदेशिक रोजगारीमा जाने र त्यहाँबाट फर्कने नेपाली प्रत्यक्ष प्रभावित हुनेछन् । नेपालमा पर्वतारोहणको सिलसिलामा रहेका विदेशी पर्यटकको समेत यात्रा प्रभावित हुने भएको छ । काठमाडौंको निषेधाज्ञा जेठ १३ सम्म लम्ब्याइएको छ ।

प्रतिकृया दिनुहोस