पछिल्लो २४ घण्टामा थप ९ हजार ४८३ जनामा संक्रमण पुष्टि, कुन जिल्लामा कति ‍संक्रमित थपिए ?

Corona psycho

काठमाडौँ । पछिल्लो २४ घण्टामा नेपालमा ९ हजार ४८३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । २१ हजार ३१६ जनाको परीक्षण गर्दा सो संख्यामा संक्रमति भेटिएका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

२१ हजार ३१६ जनाको परीक्षण गर्दा सो संख्यामा संक्रमति भेटिएका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । २० हजार ५९६ जनाको पीसीआर तथा ७२० जनाको एन्टिजेन परीक्षण गरिएको थियो ।

९ वर्षमुनिका २४६ बालबालिकामा कोरोना संक्रमण पुष्टि भएको छ भने १० देखि १९ वर्ष उमेर समूहका ६८६ जनामा कोरोना संक्रमित थपिएका छन् ।

कुन जिल्लामा कति ‍संक्रमित थपिए ?
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सबैभन्दा धेरै काठमाडौँमा २७८८, रूपन्देहीमा ७०९, ललितपुरमा ६०२, भक्तपुरमा ५३७ र बाँकेमा ५०६ जना कोरोना संक्रमित थपिएका छन् ।

यस्तै कास्कीमा ३७०, मोरङमा ३५०, कैलालीमा २९५, दाङमा २६५, झापा र सुर्खेतमा २६४/२६४ जना, सुनसरीमा १७४, धनुषामा १६५, काभ्रेपलाञ्चोकमा १५५, चितवनमा १२४, कपिलवस्तुमा ११७, मकवानपुरमा ११६, धादिङमा ११५ र पर्सामा ११३ जना कोरोना संक्रमति थपिएका छन् ।

यस्तै स्याङ्जामा ९०, पाल्पामा ८४, अछाममा ८०, जाजरकोटमा ७७, नुवाकोटमा ७३, बर्दियामा ६५, गोरखामा ६४, सिन्धुपाल्चोकमा ५८,नवलपरासी पश्‍चिमा ५७, अर्घाखाँचीमा ५५, रूकुम पश्‍चिममा ४८, सिन्धुली र तनहुँमा ४७/४७ जना कोरोना संक्रमित थपिएका छन् ।

यस्तै महोत्तरीमा ४१, लमजुङमा ३४, बारामा ३१, सर्लाही २९, रौतहट र कञ्‍चनपुरमा २८/२८ जना, नवलपरासी पूर्वमा २५, रामेछापमा २४, उदयपुरमा २२, सल्यानमा २१, धनकुटामा २०, सप्तरीमा १८, सिरहा, दोलखा र गुल्मीमा १५/१५ जना कोरोना संक्रमित थपिएका छन् ।

यस्तै ओखलढुंगामा १०, जुम्लामा ९, खोटाङ र सोलुखुम्बुमा ७/७ जना, बागलुङ र दैलेखमा ६/६ जना, म्‍याग्दीमा ५, रोल्पामा ४, भोजपुरमा ३ र इलाम, पाँचथर , कालिकोट र डोटीमा २/२ जना तथा ताप्लेजुङ, रसुवा, पर्वत, मुस्ताङ, प्‍युठान, डोल्पा, हुम्ला, बझाङ र बाजुरामा १/१ जना कोरोना संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

प्रतिकृया दिनुहोस