कोरोनाबाट थप ११ जनाको मृत्यु

Corona death covide 19 nepal p

काठमाडौँ । कञ्चनपुरमा पछिल्लो २४ घण्टामा कोरोना सङ्क्रमणबाट थप ११ जनाको मृत्यु भएको छ । यहाँस्थित महाकाली अस्पतालमा  उपचाररत् उनीहरुको मृत्यु भएको अस्पतालका कोभिड–१९ सम्र्पकव्यक्ति डा गोविन्द रोकायाले जानकारी दिए ।

उनका अनुसार अस्पतालमा अहिले सङक्रमणको लक्षणसहित ८९ को उपचार भइरहेको छ ।“ अक्सिजनका भरमा सङक्रमितको उपचार भइरहेको भएपनि पूर्ण रुपमा आपूर्ती हुन सकिरहेको छैन ।” उनले भने,“ अक्सिजन बाहेक अन्य विकल्पमा पनि सङ्क्रमितले सोच्नुपर्ने बेला आएको छ ।”

अन्य बिधिबाट पनि अक्सिजनको स्तर सामान्य अवस्थामा आउने जनाउँदै उहाँले उपचारमा रहेका सङ्क्रमितले आत्मबल उच्च राख्नुपर्नेमा जोड दिए । जिल्लामा दैनिक रुपमा सङ्क्रमितको मृत्यु भइरहेको छ, भने संक्रमितको सङ्ख्या पनि वृद्धि हुँदै गइरहेको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

‘कामीको छोरी’ रुपा सुनारले किन पाइनन् काठमाडौंमा डेरा ?

Rupa sunar nishannews

काठमाडौँ । मिति : असार १ गते मंगलबार । समय : दिउँसो २ बजे । स्थान : बबरमहल, काठमाडौं । इमेज ट...