मसालका महामन्त्री मोहनविक्रम सिंहलाई कोरोना संक्रमण

Mohan bikram singha

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (मसाल) का महामन्त्री मोहनविक्रम सिंहलाई कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना संक्रमण भएपछि सिंह होम आइसोलेसनमा छन् ।

केही दिनयता बिरामी रहेका सिंहको सोमबार कोरोना पोजिटिभ देखिएको हो । महामन्त्री सिंहलाई केही दिन अघिदेखि ज्वरो र खोकीले सताएको थियो भने अक्सिजनको लेभल पनि घटेको थियो । सोही क्रममा उनको कोरोना परिक्षण गरिएको थियो ।

महामन्त्री सिंहसँगै उनका छोरा विश्वमोहनलाई पनि कोरोना पोजिटिभ देखिएको छ । विश्वको अवस्था पनि सामान्य छ । सिंह केही दिन अघि पार्टी कामको सिलसिलामा पश्चिम नेपालका विभिन्न जिल्लामा गएका थिए । उनीहरुलाई त्यहीँबाट संक्रमण सरेको आशंका गरिएको छ ।

नेपाल कम्युनिष्ट पार्टी (मसाल) ले महामन्त्री सिंहको स्वास्थ्य लाभको कामना गरेको छ । केन्द्रीय कार्यालयका तर्फबाट प्रवक्ता रामप्रकाश पुरीले मंगलबार एक विज्ञप्ति प्रकाशित गरी सिंहको स्वास्थ्य लाभको कामना गरेका छन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...