कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या हालसम्मकै उच्च, एकैदिन १३९ जनाको मृत्यु

Corona death covide 19 nepal p

काठमाडौं । पछिल्लो दिनको नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या अत्याधिक बढेको छ ।

कोरोना भाइरस संक्रमणबाट पछिल्लो २४ घण्टामा थप १३९ जनाको मृत्यु भएको छ । योसँगै मृतकको कुल संख्या ३ हजार ८ सय ५९ पुगेको छ । आइतबार मात्रै ८८ जनाको मृत्यु भएको थियो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार थप ९२७१ जना संक्रमित थपिएका छन् । यसअघि आइतबार ८८५० जनामा संक्रमण पुष्टि भएको थियो ।
सोमबारसम्म कोरोनाबाट संक्रमित हुनेको संख्या ४ लाख ३ हजार ७९४ जना पुगेको छ भने निको हुनेको संख्या ३ लाख ६ हजार ७९४ पुगेको छ । पछिल्लो २४ घण्टामा ४ हजार ७ जना निको भएका छन् ।

पीसीआर विधिबाट १७ हजार ६२३ र एन्टिजेन विधिबाट ७८८ जनाको परीक्षण गर्दा जम्मा ९ हजार २७१ जनामा संक्रमण पुष्टि भएको हो । यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या ४ लाख नाघेको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

‘प्रेस स्वतन्त्रतामाथि सर्वोच्चको हस्तक्षेप भयो’ : अध्यक्ष सुवेदी

Spress

काठमाडौँ । समाजवादी प्रेस सङ्गठन नेपालले ‘सीधा कुरा’ नामक न्युज पोर्टल र युट्युब च्यानलले प्रसारि...