देशैभरको आधा भन्दा बढी संक्रमित काठमाडौं उपत्यकामा, एकैदिन थप ४ हजार १९८ जनामा संक्रमण

Ktm2020 05 13 12 01 37

काठमाडौं । पछिल्लो २४ घन्टामा काठमाडौं उपत्यकामा थप ४ हजार १९८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

भक्तपुरमा ५०४, ललितपुरमा ५३३ र काठमाडौंमा ३१ सय ६१ जना गरी ४ हजार १९८ जनामा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यस्तै पछिल्लो २४ घन्टामा उपत्यकाकासहित ८ हजार ८५० जनामा कोरोना संक्रमण पुष्टि भएको छ। १८ हजार ७८७ पीसीआर र ५०६ एन्टिजेन परीक्षमा ८ हजार ८५० जनामा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले बताए ।

मन्त्रालयका अनुसार सक्रिय संक्रमितको संख्या ८८ हजार १६० पुगेको छ । जसमध्ये संस्थागत आइसोलेसनमा ६७ सय ३० जना र होमआइसोलेसनमा ८१ हजार ४३० जना छन् ।

यस्तै मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा थप ५२ जनाको कोरोनाबाट ज्यान गएको छ । 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...