पछिल्लो २४ घण्टामा थप ८ हजार ८ सय ५० जनामा संक्रमण, ८८ जनाको मृत्यु

Corona new variant sqvcqk5ltv

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा ८ हजार ८ सय ८५ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ ।

१८ हजार सात सय ८७ जनाको पीसीआर परीक्षण गर्दा आठ हजार सात सय ७७ जना र पाँच सय सात जनाको एन्टिजेन परीक्षण गर्दा ७३ जना गरी आठ हजार आठ सय ५० जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

यस्तै थप ८८ जनाको कोरोना सङ्क्रमणबाट ज्यान गएको छ । पछिल्लो २४ घण्टामा ५२ जना र यसअघि ज्यान गुमाएकाहरूको विवरण प्राप्त भएको २६ जना गरी ८८ जनाको ज्यान गएको हो ।

अहिले नेपालमा ८८ हजार एक सय ६० जना सक्रिय सङ्क्रमित रहेका छन् ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

‘प्रेस स्वतन्त्रतामाथि सर्वोच्चको हस्तक्षेप भयो’ : अध्यक्ष सुवेदी

Spress

काठमाडौँ । समाजवादी प्रेस सङ्गठन नेपालले ‘सीधा कुरा’ नामक न्युज पोर्टल र युट्युब च्यानलले प्रसारि...