देशभर ३ हजार ३७० जना कोरोना संक्रमणमुक्त   

Timthumb

काठमाडौं । पछिल्लो २४ घण्टमा देशभर ३ हजार ३७० जना कोरोना भाइरस (कोभिड–१९) संक्रमणमुक्त भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कोरोना मुक्त हुनेको संख्या २ लाख ९८ हजार ७६५ पुगेको छ ।

यही अवधिमा ८ हजार ४१८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । मन्त्रालयले शनिबार जनाएअनुसार १७ हजार ३१५ नमूनाको पिसिआर र ९८९ जनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा क्रमशः ८ हजार २८७ र १३१ जनामा संक्रमण पुष्टि भएको हो ।

योसँगै देशभर कोरोना संक्रमितको कूल संख्या ३ लाख ८५ हजार ८९० पुगेको छ । यस्तै, मन्त्रालयका अनुसार यो अवधिमा थप ५३ जनाको मृत्यु भएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...