शुक्रबारको तुलनामा थोरै घट्यो कोरोना संक्रमण, ८४१८ जनामा संक्रमण पुष्टि

Corona virus photo

काठमाडौं । शुक्रबारको तुलनामा शनिबार कोरोना संक्रमितको संख्या केही घटेको छ । पछिल्लो २४ घण्टामा देशभर थप ८४१८ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।

यससँगै सक्रिय संक्रमितको संख्या ८३ हजार ४९३ पुगेको छ । उनीहरुमध्ये ७८ हजार १८ जना होम आइसोलेसनमा छन् ।

शुक्रबार ९१९६ जनामा संक्रमण पुष्टि भएको थियो भने बिहीबार ९०७० जनामा संक्रमण पुष्टि भएको थियो । आज शनिबार भने ८४१८ जनामा संक्रमण पुष्टि भएको छ ।

मन्त्रालयले शनिबार जनाएअनुसार १७ हजार ३१५ जनाको पीसीआर विधि र ९८९ जनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा क्रमशः ८ हजार २८७ र १३१ जनामा संक्रमण पुष्टि भएको हो । यससँगै देशभर कोरोना संक्तमितको कुल संख्या ३ लाख ८५ हजार ८९० पुगेको छ भने निको हुनेको संख्या २ लाख ९८ हजार ७६५ पुगेको छ भने मृतकको कुल संख्या ३६३२ पुगेको छ ।  

५३ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यसअघि शुक्रबार नेपालमा ९१९६ जनामा संक्रमण पुष्टि भएको थियो भने ५० जनाले ज्यान गुमाएका थिए ।

यस्तो छ आजको तथ्यांक



 
 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

‘प्रेस स्वतन्त्रतामाथि सर्वोच्चको हस्तक्षेप भयो’ : अध्यक्ष सुवेदी

Spress

काठमाडौँ । समाजवादी प्रेस सङ्गठन नेपालले ‘सीधा कुरा’ नामक न्युज पोर्टल र युट्युब च्यानलले प्रसारि...