धनकुटामा भेन्टिलेटर सहितको आईसियू कक्ष तत्काल स्थापना गरिने

Dhankuta hospital

धनकुटा । धनकुटा अस्पतालले तत्काल भेन्टिलेटर सहितको १० वेडको आईसियू कक्ष स्थापना गर्ने भएको छ ।

हाल सञ्चालनमा रहेको धनकुटा अस्पतालको माथिल्लो तलामा अस्पतालको प्रशासनिक कक्ष छ । हाल जिल्ला स्वास्थ्य कार्यालय रहेको भवनमा अस्पतालको प्रशासन सार्ने भनेर कात्तिकमै सम्झौता भइसकेको थियो । तर जिल्ला स्वास्थ्य कार्यालय नसर्दा भेन्टिलेटर सहितको आईसियू कक्ष स्थापना हुन सकिरहेको थिएन ।

जिल्ला स्वास्थ्य कार्यालय भने हाल महिला विकास कार्यालय भएको भवनमा सर्दैछ । आइतबारदेखि जिल्ला स्वास्थ्य कार्यालयले भवन खाली गर्ने प्रतिवद्धता जनाएपछि तत्काल अस्पतालको प्रशाषन जिल्ला स्वास्थ्य कार्यालय भएको भवनमा सारिने र अस्पतालको माथिल्लो तत्काल भेन्टिलेटर सहितको आईसियू कक्ष स्थापना गरिने धनकुटाका मेडिकल सुपरिटेन्डेड डा. पुजन विश्वकर्माले बताए । 

भेन्टिलेटर सहितको आईसियू कक्ष स्थापना गर्न जिल्ला अस्पतालले सबै सामाग्रीहरु खरिद गरिसकेको छ । अस्पतालमा भेन्टिलेटर सहितको आईसियू कक्ष स्थापना गर्न ठाउँको अभाव भएपछि जिल्ला स्वास्थ्य कार्यालय भएको भवनमा अस्पतालको प्रशासन सार्न लागिएको छ । अस्पतालको माथिल्लो तलामा रहेको प्रशाषन कक्ष सार्ने बित्तिकै सो स्थानमा भेन्टिलेटर सहितको आईसियू कक्ष बनाइने डा. विश्वकर्माले बताए । 

भेन्टिलेटर सहितको आईसियू कक्ष स्थापना गरिने करिव ९ महिना अगाडी नेपाल सरकारबाट चार वटा भेन्टिलेटर सहितको १० वेडको आईसियू कक्ष स्थापना गर्न धनकुटा अस्पतालमा २ करोड रुपैयाँ बजेट पठाएको थियो ।

कोरोना भाईरस तीव्र रुपमा समुदायस्तरमा फैलिँदै गई संक्रमितहरुको संख्या दिनप्रतिदिन बढ्दै गएको अवस्थामा समेत भेन्टिलेटर सहितको आईसियू कक्ष स्थापना नभएपछि आलोचना हुँदै आएको थियो ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

‘प्रेस स्वतन्त्रतामाथि सर्वोच्चको हस्तक्षेप भयो’ : अध्यक्ष सुवेदी

Spress

काठमाडौँ । समाजवादी प्रेस सङ्गठन नेपालले ‘सीधा कुरा’ नामक न्युज पोर्टल र युट्युब च्यानलले प्रसारि...