भक्तपुर क्यान्सर अस्पतालका निलम्बित चिकित्सकले गरे कार्यालय तोडफोड

Hospital todfod vaktapur

काठमाडौं । भक्तपुर क्यान्सर अस्पतालका निलम्बित कर्मचारी डा. ऋषिकेश नारायण श्रेष्ठको नेतृत्वको टोलीले नेपाल अर्बुदरोग निवारण संस्था भक्तपुर शाखाको कार्यालय कक्षको ताला फोडेर महत्वपूर्ण कागजपत्र नष्ट गरेका छन् ।

काठमाडौं उपत्यकाभित्र निषेधाज्ञा जारी रहेकै बेला डा. श्रेष्ठसहित केही चिकित्सकहरु र प्रशासनका केही कर्मचारीहरुले अस्पतालको प्रशासनिक भवनको माथिल्लो तलामा रहेको नेपाल अर्बुदरोग निवारण संस्था भक्तपुर शाखाको कार्यालय कक्षको ताला फोडेर महत्वपूर्ण काजगपत्र नष्ट गर्नुका साथै फर्निचरहरु समेत तोडफोड गरेका छन् ।

नेपाल अर्बुद रोग निवारण संस्था ,भक्तपुर शाखाले संक्रमणकालीन अवस्थामा चिकित्सक जस्तो गरिमामय एवं सम्मानित व्यक्तिहरुको यस किसिमको जघन्य अपराधको शाखा निन्दा गरेको छ ।

शाखाका सभापति श्रीधर राठौरले सुक्रबार साँझ वित्रप्ती जारी गर्दै घटनाको यथाशीघ्र छानबिन गरी दोषीलाई कानुनी कारवाही गर्न माग गरेका छन् । उनले निन्दनीय कार्य गर्ने संस्थाकै हितविपरीत लागेको पाइएकाले निजहरुलाई नियमानुसार कारबाहीको दायरामा ल्याउन माग पनि गरेका छन् ।

शाखाले कार्यालयको ताला फोड्ने र महत्वपूर्ण कागजात नष्ट गर्ने चिकित्सकहरुमाथि कारवाहीको माग गर्दै जिल्ला प्रशासन कार्यालय भक्तपुर र महानगरीय प्रहरी परिसर भक्तपुरका उजुरीसमेत दिइसेको छ ।

प्रतिकृया दिनुहोस