भयावह बन्दै राजधानी : संक्रमितले सबै अस्पताल भरिए, अक्सिजनको अभावै अभाव

Ventilators corona virus

काठमाडौं । कोरोना भाइरसको नयाँ भेरियन्टको संक्रमण तीब्र रुपमा बढेसँगै काठमाडौं उपत्यकाभित्र बैशाख १६ गतेदेखि निषेधाज्ञा गरिएको छ । बजारहरु सुनसान छन् ।

अत्यावश्यक कामबाहेक मानिसहरु खासै बाहिर निस्किएका छैनन् । तर पनि काठमाडौं उपत्यकाभित्र दिन दुई गुना र रात चौगुना कोरोना संक्रमण बढिरहेको छ ।

देशभर पुष्टि हुने कोरोना संक्रमितको संख्यालाई हेर्ने हो भने दैनिक ४५ प्रतिशत त काठमाडौं उपत्यकाकै छन् । मृतकको संख्या पनि देशभरकै तुलनामा झण्डै ३५ प्रतिशत काठमाडौंमै छन् । संक्रमणका गम्भीर लक्षण देखिने व्यक्तिको सङ्ख्या पनि बढिरहेको छ । यस्तो अवस्थामा उनीहरुलाई अस्पतालमा शय्या उपलब्ध गराउन गाह्रो हुँदै गएको पछिल्लो अवस्थाले देखाएको छ ।

अक्सिजन अभावका कारण काठमाडौं उपत्यकामा शुक्रबार दुई जना कोरोना संक्रमितले ज्यान गुमाउनुपर्‍यो । भक्तपुरको कौशलटारस्थित भक्तपुर इन्टरनेशनल अस्पतालमा उपचाररत दुई जनाको मृत्यु भएको हो । अस्पतालमा अक्सिजन सकिएपछि भेन्टिलेटरमा उपचारत एक बिरामीको त्यही मृत्यु भयो भने अर्का एकलाई अर्को अस्पताल लैजाने क्रममा ज्यान गएको छ ।

ललितपुरको जाउलाखेलस्थित अल्का अस्पतालले त विज्ञप्ति नै जारी गरेर अक्सिजन आपूर्तिमा समस्या आएको बताएको छ । अस्पतालको आफ्नै अक्सिजन प्लान्टबाट दैनिक ४६ सिलिण्डर अक्सिजन उत्पादन हुने गरेको भएपनि दैनिक १५० सिलिण्डर अक्सिजन आवश्यक रहेको छ । 

काठमाडौंमा सरकारी, निजी र मेडिकल कलेज गरी ५८ वटा अस्पतालमा कोरोना सङ्क्रमित बिरामीको उपचार गर्दै आएका छन् । तर, ती अस्पतालहरुमा पनि अक्सिजनको अभाव हुँदै गएको छ । स्वास्थ्य कार्यालयको वैशाख २३ गतेसम्मको तथ्याङ्क अनुसार ५८ वटा अस्पतालमा दुई हजार ९४५ जना कोभिड–१९ का बिरामी उपचाररत छन् ।

नेपाल मेडिकल कलेजमा ९८ जना उपचाररत रहेका छन् । काठमाडौं मेडिकल कलेजमा १०२ जना रहेका छन् । मिनभवनस्थित सिभिल अस्पतालमा ६९ जना उपचाररत रहेका छन् । मनमोहन मेमोरियल मेडिकल कलेजमा कोभिडका ४८ जना बिरामीमध्ये २७ जनाको जेनेरल वार्डमा, १७ जनाको आइसीयूमा र दुई जनाको भेन्डिलेटरमा उपचार भइहरको छ ।

सशस्त्र प्रहरी कल्याणकारी सेवा केन्द्रबाट सञ्चालित एपीएफ अस्पतालमा १४८ जना कोभिडका बिरामी उचाररत छन् । कीर्तिपुरस्थित कीर्तिपुर अस्पतालमा १८ जना उपचाररत छन् । कीर्तिपुरकै आयुर्वेद अस्पतालमा १४१ जना बिरामी उपचाररत छन् । त्यस्तै आर्मी अस्पतालमा १०८ जना कोभिडका बिरामी उपचाररत छन् भने बल्खुस्थित वयोध्या अस्पतालमा १७ जना छन् ।

टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पतालमा ८३ जना कोभिडका बिरामीले उपचार गराइरहेका छन् । काठमाडौं मोडेल अस्पतालमा १८ जना उपचाररतमध्ये ९ जना जेनेरल वार्डमा, ८ जना एचडीयूमा, ४ जना आइसीयूमा र १ जना भेन्डिलेटरमा छन् ।

थापाथलिस्थित प्रसूति गृहमा कोभिडका ७५ जना बिरामी रहेको छन् । उनीहरुमध्ये १५ जना जेनेरेल वार्डमा र ५० जना एचडीयूमा राखेर उपचार हुँदै छ । नर्भिक अस्पतालमा ३७ जना उपचाररत छन् । जसमा १४ जनाको जेनेरल वार्डमा, १५ जनाको एचडीयूमा, चार जनाको आइसीयूमा र चार जनाको भेन्डिलेटरमा उपचार भइरहेको छ ।

ज्ञानेश्वरस्थित हिमाल अस्पतालमा १४ जना कोभिडका बिरामी उपचाररत छन् । जसमा १४ जना जेनेरल वार्डमा उपचाररत छन् । त्यस्तै वीर अस्पतालमा १११ जना कोभिडका बिरामी भर्ना भएका छन् । जसमध्ये ९६ जना जेनेरल वार्डमा, १० जना आइसीयूमा र ५ जना भेन्डिलेटरमा उपचाररत छन् ।

महाराजगञ्जस्थित नेपाल प्रहरी अस्पताल २९४ कोभिडका बिरामी उपचाररत छन् । शिक्षण अस्पताल महाराजगञ्जमा १७९ जना कोभिडका बिरामी उपचाररत रहेका छन् ।

बासबारीस्थित गंगालाल अस्पतालमा ३७ जना कोभिडका बिरामीमध्ये २३ जना जेनेरल वार्डमा, ९ जना आइसीयूमा र ५ जना भेन्डिलेटरमा उपचाररत रहेका छन् । ह्याम्स अस्पतालमा १०२ जना उपचाररत रहेका छन् । काठमाडौंकै ओम अस्पतालमा ४४ जना कोभिडका बिरामी रहेका छन् । चाबहिलस्थित मेडिकेयर अस्पतालमा १५ जना कोभिडका बिरामी रहेका छन् ।

कलंकीमा रहेका शहीद मेमोरियल अस्पतालमा ५८ जना कोभिडका बिरामी उपचाररत छन् । बसुन्धरास्थित कान्तिपुर डेन्टर कलेज तथा जनरल अस्पतालमा १०० जना कोभिडका बिरामी रहेका छन् ।

नोवेल अस्पतालमा १७ जना, यति अस्पतालमा २५ जना, नेपाल नेशनल अस्पतालमा ३ जना कोभिडका बिरामी उपचाररत छन् । त्रिपुरेश्वरस्थि ब्लु क्रस अस्पतालमा २९ जना, बसुन्धरास्थित महेन्द्रनारायण निधि मेमोरियल अस्पतालमा ५३ जना कोभिडका बिरामी उपचाररत छन् ।

नेपाल–भारत मैत्रि अस्पतालमा २९ जना, स्तुपा सामुदायिक अस्पतालमा २९, करुणा अस्पातलमा ४३ जना, कान्तिपुर अस्पतालमा ३२ जना, हेल्पिङ्ग ह्याण्ड अस्पतालमा ३५ जना, मदरल्याण्ड अस्पतालमा १९ जना, वीपी स्मितृ अस्पतालमा ३१ जना, विनायक अस्पतालमा १९ जना, ग्राण्ड सिटी अस्पतालमा २५ जना, चिरायु अस्पतालमा २१ जना र भेनस अस्पतालमा २० जना कोभिडका बिरामीको उपचार भइरहेको स्वास्थ्य कार्यालयले जनाएको छ ।

स्वाकन इन्टरनेसन अस्पताल १०, पिपुल्स अस्पताल ११७ जना, मेट्रो काठमाडौं अस्पतालमा २४ जना, क्षेत्रपाटी अस्पतालमा ५० जना, गौतमबुद्धि अस्पतालमा २२, एभरेस्ट अस्पतालमा २५ जना, राजधानी अस्पतालमा २० जना, काठमाडौं न्यूरो एण्ड जनरल अस्पतालमा २५ र सिवेक अस्पतालमा ६ जना कोभिडका बिरामी उपचाररत छन् ।

कान्ति बाल अस्पतालमा ४८ जना बालबालिका उपचाररत रहेका छन् । मुलपानी नगर अस्पतालमा २५, अन्तर्राष्ट्रिय अस्पताल ४२ जना, मेमोरियल न्यूरो अस्पतालमा १२ जना उपचाररत रहेका छन् ।

ग्राण्डि अस्पतालमा ७८ कोभिडका बिरामी भर्ना भएका छन् । जनमैत्री अस्पतालमा १२० जना र र्दिगायु गुरु अस्पतालमा १२ जना कोभिडका बिरामी रहेका छन् ।

प्रतिकृया दिनुहोस