काठमाडौँ उपत्यकामा संक्रमितको संख्या हालसम्मकै उच्च, एकैदिन ४ हजार १ सय ६ जनामा संक्रमण पुष्टि 

Ktm2020 05 13 12 01 37

काठमाडौँ । काठमाडौँ उपत्यकामा थप ४ हजार १ सय ६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

हिजो मात्रै काठमाडौं उपत्यकामा ३९७२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको थियो । जसमा काठमाडौं जिल्लामा ३१६३, ललितपुरमा ५६७ र भक्तपुरमा २४२ जना गरी ३९७२ जनामा संक्रमित थएि ।

काठमाडौंमा बिहीबारसम्म २४ हजार ५ सय ३३, ललितपुरमा चार हजार ९ सय ७४ र भक्तपुरमा दुई हजार ९ सय४५ जना सक्रिय संक्रमित रहेका छन् ।

स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा  काठमाडौँमा ३०८९, भक्तपुरमा ३७४ र ललितपुरमा ६४३ जनामा संक्रमण पुष्टि भएको हो । यसैगरी, गत २४  घण्टामा १९ हजार ९८७ जनाको पीसीआर तथा ४९५ जनाको एन्टिजेन परीक्षण गरिएको छ ।

नेपालमा पछिल्लो समय कोरोना भाइरसको संक्रमण तीव्र गतिमा बढेसँगै कोरोनाका कारण ज्यान गुमाउनेको संख्यामा पनि वृद्धि भएको छ ।

मन्त्रालयको तथ्यांक अनुसार पछिल्लो २४ घण्टामा मात्रै देशभर कोरोनाबाट ५० जनाको मृत्यु भएको हो । यसैगरी शुक्रबार देशभर ९ हजार १ सय ९६ जना कोरोना संक्रमित थपिएका छन् ।

प्रतिकृया दिनुहोस