अस्पतालको शय्या खोज्दाखोज्दै जनप्रतिनिधिको एम्बुलेन्समै मृत्यु

Nabin magar

बुटवल । श्वासप्रश्वास समस्या भएर अक्सिजन चढाउनुपर्ने बिरामी दिनहुँ थपिइरहेका छन् । तर, अक्सिजन अभाव देखाउँदै अस्पतालले बिरामी फर्काउन थालेका छन् ।कोरोना संक्रमित जनप्रतिनिधिको एम्बुलेन्समै मृत्यु भएको छ ।

यही कोपभाजनमा परेका रुपन्देहीको वुटवल उपमहानगरपालिका वडा नं. ७ का वडा सदस्य नवीन मगर । उनी अस्पतालको शय्या नपाएर खोज्दाखोज्दै एम्बुलेन्समै मृत्यु भएको छ ।

थापामा नेकपा एमालेको वडाध्यक्षसमेत हुन् । उनलाई सातदिन अघि संक्रमित भएपछि होमआइसोलेसनमा बस्दै आएका थिए । तीन दिनअघि शय्या खोज्न आफै अस्पताल गए पनि नपाएपछि घरमै अक्सिजन लिएर आएका थिए ।

हिजो समस्या बढेपछि क्रिमसन अस्पताल लगिए पनि आइसीयू, भेन्टिलेटर नभएपछि भैरहवामा अस्पताल खोज्दै गर्दा एम्बुलेन्समै मृत्यु भएको हो । स्व. नविनका श्रीमती र १ छोरा छन् ।

श्वासप्रश्वास समस्या भएर अक्सिजन चढाउनुपर्ने बिरामी दिनहुँ थपिइरहेका छन्  । तर, अक्सिजन अभाव देखाउँदै यी अस्पतालले बिरामी फर्काउन थालेका छन् । केहीले तीनरचार दिनदेखि नयाँ बिरामी भर्ना रोकेका छन्  । अस्पतालले अक्सिजन अभाव भएकाले भर्ना भएका बिरामीको मृत्यु हुन सक्ने चेतावनी दिन थालेपछि यहाँ चिन्ता बढेको हो ।

रूपन्देहीमा कोरोना संक्रमितको उपचार गर्ने पाँच ठूला अस्पताल छन् । अस्पतालको मागअनुसार अक्सिजन आपूर्ति गर्न जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रलाई हम्मेहम्मे परिरहेको छ ।

केन्द्रले अक्सिजन उत्पादक उद्योगलाई कोरोना उपचार गरिरहेका अस्पताललाई मात्र अक्सिजन दिन पत्राचार गरेको छ तैपनि व्यवस्थापन भइरहेको छैन । दिन प्रतिदिन समस्या चर्किरहेको छ । अस्पतालले अक्सिजन अभाव देखाउँदै बिरामी भर्ना नगरेर फर्काइरहेका छन् ।

प्रतिकृया दिनुहोस