काभ्रेमा १६५ संक्रमित थपिँदा २२ डिस्चार्ज

Corona psycho

काभ्रे । कोरोना सङ्क्रमणबाट काभ्रेपलाञ्चोकमा बिहीबार थप १६५ सङ्क्रमित भएका छन् । कोभिड–१९ सङ्क्रमण नियन्त्रण, रोकथाम र उपचारसम्बन्धी केन्द्र (डिसीसीएमसी)का अनुसार बुधबार १५८ मा सङ्क्रमण भएको थियो भने अघिल्लो दिन जिल्लामा ८२ मा सङ्क्रमण पुष्टि भएको थियो । काभ्रेपलाञ्चोकका २२ सङ्क्रमित डिस्चार्ज भएको केन्द्रले जनाएको छ ।

कोरोना सङ्क्रमणको दोस्रो लहर शुरु भएयता हालसम्म काभ्रेपलाञ्चोकका कूल ९१० सङ्क्रमितमध्ये बनेपा नगरपालिकामा ३५९, धुलिखेलमा १८३, पनौतीमा १८८, पाँचखालमा ६७, नमोबुद्धमा ३३, मण्डनदेउपुरमा २२ तथा रोशी गाउँपालिकामा २०, चौँरीदेउरालीमा नौ, तेमालमा पाँच र भुम्लुमा सात, खानीखोलामा दुई, बेथानचोकमा १२ र महाभारत गाउँपालिकामा तीन सक्रिय सङ्क्रमित छन् ।

जिल्लामा सबैभन्दा बढी बनेपा नगरमा ३९ दशमलव ४५ प्रतिशत सङ्क्रमित रहेका छन् । केन्द्रका अनुसार सङ्क्रमितमध्ये ८७८ होमआइसोलेशन तथा ३२ अस्पताल आइसोलेशनमा उपचाररत छन् ।

हालसम्म जिल्लाका ५६ कोरोना सङ्क्रमितको मृत्यु भएको छ । केन्द्रका सदस्यसचिव एवं जिल्ला स्वास्थ्य कार्यालय प्रमुख डा नरेन्द्र झाका अनुसार जिल्लामा ‘कन्ट्याक्ट ट्रेसिङ’को दायरा बढाइएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

धनकुटाको बोधेमा लोड गर्दै गरेको ट्रकमा भेटियो ९४६ किलो गाँजा, १ जना पक्राउ

Trak ma 946 kg gaja

धनकुटा । धनकुटाको चौबिसे गाउँपालिकाबाट प्रहरीले ट्रकमा गाँजा लोड भइरहेको ९ सय ४६ किलोग्राम गाँजा ...