लक्ष्मणलाल कर्णसहित ४ सांसद र ३ जना कर्मचारीमा कोरोना संक्रमण पुष्टि   

Capture9865323

काठमाडौं । संघीय संसदका सांसदसहित ३८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वाव संकलन गरिएका ६ सय ९ जनाको पिसिआर परीक्षण गर्दा यो रिपोर्ट आएको हो ।

आउँदो सोमबार (बैशाख २७ गते) संसद बैठक बस्दैछ । त्यसको तयारी स्वरुप बुधबार सांसद तथा सचिवालयका कर्मचारी सहितको पीसीआर परीक्षणका लागि स्वाब संकलन गरिएको थियो ।

परीक्षणको रिपोर्ट आउने क्रम जारी रहँदा छ । अहिलेसम्म सांसदहरु लक्ष्मणलाल कर्ण, पार्वती डिसी चौधरी, नरमाया ढकाल, रामबाबु चौधरीलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यसअघि नै ११ जना सांसदमा संक्रमण पुष्टि भइसकेको थियो ।

संसद भवन नयाँबानेश्वरमा हिजो सम्माननीय सभामुख अग्निप्रसाद सापकोटा, माननीय सदस्यहरु, संघीय संसदका कर्मचारी, संसदीय मामीला आवद्ध सञ्चारकर्मी, आइ सी सीका कर्मचारी, सुरक्षाकर्मी, मर्यादापालक लगायतको पिसिआर विधिबाट कोरोना परिक्षणका लागि स्वाव संकलन गरिएकोमा रिपोर्ट आउने क्रम जारी छ ।

हालसम्म रिपोर्ट आएकामध्ये ४ जना सांसद र ३ जना कर्मचारी गरी ७ जनामा कोरोना पुुष्टि भएको छ । हिजो १२८ जना सांसद र कर्मचारी, पत्रकार, सुरक्षाकर्मी, मर्यादापालकसमेत ४८१ जना गरी जम्मा ६०९ जनाको स्वाब संकलन गरिएको थियो ।

यसैबीच सभामुख अग्निप्रसाद सापकोटा, उनको सचिवालयमा कार्यरत कर्मचारी सबैको रिपोर्ट नेगेटिभ आएको छ । भोलि साँझ सम्ममा प्रतिनिधि सभा सदस्य, संघीय संसदका कर्मचारी, सुरक्षाकर्मी, पत्रकार र मर्यादापालक कतिजनालाई कोभिड पुष्टि भयो भन्ने पूर्ण विवरण सार्वजनिक हुने छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

धनकुटाको बोधेमा लोड गर्दै गरेको ट्रकमा भेटियो ९४६ किलो गाँजा, १ जना पक्राउ

Trak ma 946 kg gaja

धनकुटा । धनकुटाको चौबिसे गाउँपालिकाबाट प्रहरीले ट्रकमा गाँजा लोड भइरहेको ९ सय ४६ किलोग्राम गाँजा ...