आजै मध्यरातीदेखि धनकुटा नगर क्षेत्रभित्र एकसाता निषेधाज्ञा जारी

निषेधाज्ञामा के खुल्छ, के खुल्दैन ? यस्तो छ सुचना

Dhankuta bajar

धनकुटा । कोरोना भाईरस धनकुटा नगरपालिका क्षेत्रमा तिव्र रुपमा फैलदै गएपछि आज राती १२ बजेदेखि बैशाख समान्तसम्म धनकुटा नगरपालिका क्षेत्रमा निशेधाज्ञा हुने भएको छ ।

प्रमुख जिल्ला अधिकारी वासुदेव दाहालको अध्यक्षतामा आज बसेको बैठकले धनकुटा नगर क्षेत्रमा आज राती १२ बजेदेखि बैशाख मसान्तसम्म धनकुटा नगर क्षेत्रभित्र निशेधाज्ञा जारी गर्ने निर्णय गरेको हो ।

निषेधाज्ञाको अवधीभर सम्पूर्ण व्यावसाय तथा पसलहरु, निजी तथा सार्वजानिक भाडाका सवारी साधनहरु बन्द रहने छन् । तर दैनिक उपभोग्य तथा अत्यावाश्यक समाग्रीहरु, फोहर बोक्ने गाडी, एम्बुलेन्स लगायतका साधनहरु भने निर्वाध रुपमा संचालन हुने छन् ।

दैनिक उपभोग्य सामाग्रीहरु र अत्यवाश्यक सामाग्रीहरुको पसल भने बिहान ६ बजेदेखी ९ बजेसम्म र साँझ ४ बजेदेखि ६ बजेसम्म खुल्ला रहने छन् ।

निशेधाज्ञाको समयमा तोकिएको समयमा आफुलाई चाहिने दैनिक उपभोग्य सामाग्रीहरु लगायत अत्यावाश्यक समाग्रीहरु विक्रि वितरण तथा किनमेल गर्न समेत व्यापारी धनकुटा उद्योग बाणिज्य संघले अपिल गरेको हो ।

दैनिक उपभोग्य तथा अत्यावाश्यक सामाग्रीहरु विक्रि वितरण तथा खरिद गर्दा अनिवार्य माक्स लगाई सामाजिक दुरी समेत कायम गरी सुरक्षित ढंगले गर्न समेत धनकुटा उद्योग बाणिज्य संघका अध्यक्ष विजय सन्तोषी राईले अपिल गरेका छन् ।

आज मात्रै नकुटामा २० जना कोरोना संक्रमित थपिएका थिए । जिल्ला अस्पताल धनकुटामा निमित्त मेडिकल सुपरिटेन्डेड डा. पुजन विश्वकर्माका अनुसार अस्पतालको ल्यावमा जिल्ला बाहिरका सहित ४३ जनाको पिसिआर परिक्षण गरिएकामध्ये धनकुटाका १६ र अन्य जिल्लाका ४ गरी जम्मा २० जनाको रिपोर्ट पोजेटिभ आएको थियो । 



प्रतिकृया दिनुहोस

साताको लोकपृय

धनकुटाको बोधेमा लोड गर्दै गरेको ट्रकमा भेटियो ९४६ किलो गाँजा, १ जना पक्राउ

Trak ma 946 kg gaja

धनकुटा । धनकुटाको चौबिसे गाउँपालिकाबाट प्रहरीले ट्रकमा गाँजा लोड भइरहेको ९ सय ४६ किलोग्राम गाँजा ...