शिक्षण अस्पताल नेपालगञ्जले कोरोनाका थप बिरामी भर्ना नलिने     

Nepalgunj medical college zbot6bmu60

काठमाडौँ । शिक्षण अस्पताल नेपालगञ्जले अस्पतालमा उपचार गराइरहेका बाहेक थप कोरोना सङ्क्रमित बिरामी भर्ना गर्न असमर्थ रहेको जनाएको छ ।

अस्पताल सञ्चालक संस्था लर्ड बुद्ध एजुकेशनल एकेडेमी लिमिटेडले बुधवार (आज) विज्ञप्ति निकालेर लिक्विड अक्सिजन ट्याङ्क सकिएको भन्दै थप बिरामी भर्ना लिन नसक्ने जानकारी गराएको हो ।

अस्पतालमा लिक्विड अक्सिजन ट्याङ्क, पीएसए अक्सिजन प्लान्ट र अक्सिजन सिलिन्डरबाट कोभिड बिरामीको उपचार भइरहेकोमा सबैभन्दा भरपर्दो लिक्विड अक्सिजन ट्याङ्क सकिएको र भारतबाट आउन नसकेकाले अहिले उपचार गराइरहेका बाहेक थप कोरोना सङ्क्रमित भर्ना गर्न नसक्ने अस्पतालका प्रबन्ध सञ्चालक डा.सुरेशकुमार कनौडियाले जानकारी दिए ।

अस्पतालले भारतबाट लिक्विड अक्सिजन ट्याङ्क यथाशक्य चाँडो उपलब्ध गराइ दिए तुरुन्त तीन सय शय्याको कोभिड वार्डमा बिरामी भर्ना थाल्ने जनाएको छ ।  

प्रतिकृया दिनुहोस