जोखिममा काठमाडौँ उपत्यका, एकैदिन थपिए ३ हजार ८२५ कोरोना संक्रमित थपिए

Ktm9

काठमाडौं । काठमाडौँ उपत्यकाका तीन जिल्लामा पछिल्लो २४ घण्टामा ४ हजार ८२५ कोभिड संक्रमित थपिएका छन् । जसमध्ये काठमाडौंमा ३ हजार ८४९ भक्तपुरमा ४५८ र ललितपुरमा ५१८ जना छन् । 

स्वास्थय तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर आजसम्म ६०० जना आईसीयू र १५६ जना भेन्टिलेटरमा उपचाररत छन् ।

पछिल्लो २४ घन्टामा देशभर २० हजार ७ सय ५७ आरटी पिसिआर र ६ सय १६ एन्टिजेन परीक्षण गरिएकोमा ८ हजार ६ सय ५९ जनामा कोरोना संक्रमण पुष्टि भएका हो ।

पिसिआर विधिबाट ८ हजार ६ सय ५ र एन्टिजेन विधिबाट ५४ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले नियमित प्रेस ब्रिफिङमा जानकारी दिए ।

योसँगै हालसम्म कोरोना संक्रमितको संख्या ३ लाख ५९ हजार ६ सय ६४ पुगेको छ । यीमध्ये ६६ हजार ३ सय ५२ जना सक्रिय संक्रमित अवस्थामा रहेका छन् ।

बुधबार देशभर १ हजार ९ सय ९३ जनाले कोरोना संक्रमणमुक्त भएर फर्किएका छन् । २४ घन्टामा संक्रमणमुक्त भएका १ हजार ९ सय ९३ जनासँगै देशभर कोरोना जित्नेको संख्या २ लाख ८९ हजार ७ सय ८३ जना पुगेको छ । निको हुने दर ८०.६ प्रतिशत रहेको छ ।

प्रतिकृया दिनुहोस