कोरोना संक्रमितको संख्या हालसम्मकै उच्च, ५८ संक्रमितको मृत्यु

Pashupati corona sub

काठमाडौँ । पछिल्लो केही दिन यता नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या पनि दिन दिनै बढ्दै गएको छ । पछिल्लो २४ घण्टामा नेपालमा कोरोना भाइरस संक्रमणबाट ५८ जनाको मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बुधबार आयोजना गरेको पत्रकार सम्मेलनमा प्रवक्ता डा.जागेश्वर गौतमले विभिन्न जिल्लामा गरी २४ घण्टाको अवधिमा ५८ जनाको मृत्यु भएको जानकारी दिएका हुन् ।

आइतबार २७ जना, सोमबार ३७ जनाको मृत्यु भएको थियो भने मंगलबार मृतकको संख्या ह्वात्तै बढेर ५५ पुगेको थियो । फेरी हिजोको संख्या भन्दा ३ जना बढी कोरोना संक्रमितको मृत्यु भएको छ ।

नेपालमा पछिल्लो २४ घण्टामा साढे आठ हजारभन्दा धेरैमा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा आठ हजार ६ सय ५९ जनामा सङ्क्रमण पुष्टि भएको हो । काठमाडौँ उपत्यकामा मात्रै तीन हजार आठ सय ३५ जनामा सङ्क्रमण पुष्टि भएको छ ।

त्यस्तै नेपालमा थप ५८ जनाको कोरोना सङ्क्रमणका कारण ज्यान गएको छ । पछिल्लो २४ घण्टामा एक हजार नौ सय ९३ जना उपचारपछि डिस्चार्ज भएका छन् । कोरोना सङ्क्रमणमुक्त हुनेको दर ८० दशमलव ६ प्रतिशत रहेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

यस्तै आईसीयूआ रहेका ६ सय सङ्क्रमितमध्ये एक सय ५६ जना भेन्टिलेटरमा रहेको मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले बताए । 

प्रतिकृया दिनुहोस