कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्मालाई कोरोना संक्रमण पुष्टि

Biswa prakash sharma

काठमाडौं । नेपाली काँग्रेसका प्रवक्ता विश्वप्रकाश शर्मालाई कोरोना संक्रमण पुष्टि भएको छ ।

उनले ज्वरो आउने र जीउ दुख्ने समस्या भएपछि आइतबार बेलुकी स्टार अस्पतालमा दिएको स्वाबको नमूना परीक्षण गर्दा आज बिहानपख रिपोर्ट पोजेटिभ आएको सामाजिक सन्जालमार्फत् दिएका छन् ।

मनोबल उच्च राखेर डेरामै आइसोलेसनमा बसिरहेको र डा. अनुप बास्तोलाको निर्देशन अनुरुपको औषधि सेवन शुरु गरेको शर्माले बताए ।

उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ‘ज्वरो र जीउ दुखाइ बढेपछि आइतबार बेलुकी Star Hospital पुगेर स्वाब दिएं l बिहानिपख रिपोर्ट आयो-पोजेटिभ l
टेकुका डा. मित्र अनुप बांस्तोलाको निर्देशन अनुरूपको औषधि सेवन शुरु गरेको छु l डेरामै आइसोलेसनमा छु । लक्षणले च्यापेका छन् तर मनोबल उच्च छ ।
सबैलाई विनम्र आग्रह छ - सजग बनौं !’

सभापति शेरबहादुर देउवालाई जानकारी गराएर सक्रिय जिम्मेवारीबाट केही दिनका लागि विदा लिएका छन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...