यसरी भेटिएको थियो भारतीय कारभित्र ३ जनाको शव, अनुसन्धान टोली तुलसीपुरमा

Indian car dang

दाङ । तुलसीपुरमा पार्किङ गरी राखेको एउटा कारभित्र तीन जना बालक मृत अवस्थामा फेला परेपछि घटनाको अनुसन्धान गर्न विशषेज्ञ टोली तुलसीपुर आएको छ ।

तुलसीपुर उपमहानगरपालिका वडा नं. ६ स्थित स्याउली बजारमा पार्किङमा राखेको इण्डियन नम्बर प्लेटको आर जे ०१–सीसी ०८८५ नम्बरको कारभित्र तीन वटा शव भेटिएको थियो ।

शनिवार बेलुका एउटा बस उक्त कार नजिकै पार्किङका लागि पुगेपछि त्यसका स्टाफले गन्ध आएको बताएपछि कार भित्र हेर्दा ती शवहरु देखेको प्रहरी बताएको छ ।

तीन जना बालकको शव भएको बताइएको छ । उनीहरू सबै ११ वर्ष मुनिको रहेको उनको भनाइ छ । सो घटनामा संलग्न रहेको आशंकामा प्रहरीले एक जना चालक र दुई जना पक्राउ गरेको छ । उनीहरू नाम भने खुलाइएको छैन ।

शनिबार राति घटनास्थलमा आएका जिल्ला प्रहरी प्रमुख एसपी गणेश चन्दले घटना अनुसन्धान गर्न एक्पर्ट टोली तुलसीपुर आइपुगेको जानकारी दिए । घटना कसरी हुन गयो भन्ने कुराको प्रहरीले अहिलेसम्म कुनै पूर्व अनुमान गरि नसकेको उनले जानकारी दिए ।

‘लामो समयदेखि गाडी यहाँ हुनुपर्छ, दुबो उम्रिएको देखिन्छ । त्यो हिसावले गाडी अलि धेरै दिनदेखि यहीँ पार्किङमा रहेको देखिन आएको छ,’ एसपी चन्दले भने, ‘तर अहिले नै यही हो भन्न सक्ने अवस्था छैन ।’

यसरी भेटियो कारभित्र शव
बा ३ ख ३४३८ नम्बरको बसका चालक तथा गाडी धनी अरुण बुढा मगरले शनिबार बेलुका साढे ५ बजेतिर पानी लिएर आएको ट्रयाक्टरलाई साईड दिन पार्किङ गरि राखेको आफ्नो बस ब्याक गर्न आए । घटनास्थलको दश मिटर जति टाढा सडकको नाला निर्माण भइरहेको छ । त्यहीँ सडकमा उनको गाडी लकडाउनका कारण पार्किङमा राखिएको छ ।

बुढामगर घटनास्थल नजिकै बस्छन् । उनले पानी बोकेर आएको ट्रयाक्टरलाई साईड दिएपछि फेरि त्यही ठाउँमा गाडी रोकेर राखे । ठिक त्यही बेलामा उनकै घरमा बस्ने एक जना फुच्चे केटाले ‘दाइ यो कारको त लाईट बलेको छ नि, भनेर देखाइदिए ।’

अघिपछि बत्ति नबल्ने कारका सबै बत्ति कसरी बले भनेर हेर्न उनी कार नजिक पुगे । त्यसको वरिपरी अन्य घर पनि छन् । तर, जब उनी कार नजिक पुगे कारको बुनोटभरि झिँगा भन्केको देखे । यसो नियालेर हेर्दा मानिस भित्र नाङ्गै सुतेझैं देखे ।

त्यो देखेर उनी चिच्याउँदै भागे । आसपासका मानिसलाई यो गाडी भित्र केही छ भनेर बोलाए । नजिकै घर घएका दुई-चार जना मानिसहरु जम्मा भए । त्यसपछि फेरि उनीहरू सँगै गएर हेर्दा गाडी भित्र तीन वटा बच्चाका शब देखे ।

त्यसपछि घटनाबारे प्रहरीलाई खबर भयो । प्रहरी पुगेर वरिपरी घेरा हालेर राख्यो । केही बेरमा त्यो कुरा जताततै फैलियो । मानिसहरु जम्मा भए ।

केही आफन्तहरु आफ्ना बालबालिका रहेको भन्दै रातिमा घटनास्थलमा बिलौना गरिरहेका देखिन्थे । एक जना आफन्तका अनुसार तीनै जना बालक तुलसीपुरकै हुन् । दुई बालक सहोदर दाजु भाइका छोरा हुन् । तर प्रहरीले भने त्यसबारे केही बोलेको छैन ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...