स्याउली बजारमा ३ महिनादेखि पार्किङ गरिएको कारभित्र भेटियो ३ जना बालकको शव

Indian car dang

दाङ । दाङको तुलसीपुरको स्याउली बजारमा पार्किङ गरि राखेको एउटा कारभित्र तीन वटा शव फेला परेको छ ।

शनिवार बेलुका एउटा बस उक्त कार नजिकै पार्किङका लागि पुगेपछि त्यसका स्टाफले गन्ध आएको बताएपछि कार भित्र हेर्दा ती शवहरु देखेको प्रहरी बताएको छ ।

जिल्ला प्रहरी कार्यालय दाङका अनुसार तुलसीपुर उपमहानगरपालिका वडा नं ६ स्थित स्याउली बजारमा पार्किङ गरी राखेको इण्डियन नम्बर प्लेटको RJ 01CC0885 नम्बरको निशानको कारभित्र तीन वटा शब फेला परेको हो ।

तीन जना बालकको शव भएको बताइएको छ । उनीहरू सबै ११ वर्ष मुनिको रहेको उनको भनाइ छ । सो घटनामा संलग्न रहेको आशंकामा प्रहरीले एक जना चालक र दुई जना पक्राउ गरेको छ । उनीहरू नाम भने खुलाइएको छैन ।

जिल्ला प्रहरी कार्यालयका दाङका प्रवक्ता तथा डिएसपी मुकुन्द रिजालका अनुसार चार महिनादेखि पार्किङ गरि राखेको कारभित्र तीन वटा शवहरु फेला परेका छन् । इलाका प्रहरी कार्यालय तुलसीपुरले सो घटनाबारे अनुसन्धान थालेको छ ।

डिएसपी सिंहले उक्त गाडी स्याउली बजारमा गत माघ महिना अगाडिदेखि पार्किङमा रहेको भन्ने कुरा अनुसन्धानबाट खुल्न आएको छ ।

एक प्रहरी अधिकारीका अनुसार शनिबार बेलुका एउटा बस पार्किङका लागि त्यो कार नजिकै जाँदा कारको बत्ती बल्यो । त्यसपछि गएर हेर्दा शव देखिएको थियो । उनका अनुसार मृतक तिनै जना बालकजस्ता देखिन्छन् । तर शव सडेगले पाइएको छ ।

‘लामो समयदेखि पार्किङ गरिराखेको कार नजिकै जाँदा गन्ध आएपछि बसका स्टाफले के को गन्ध हो ? भनी ह‍ेरेछन्,’ उनले भने, ‘गएर कारभित्र हेर्दा शव देखेपछि उनीहरूले प्रहरीलाई खबर गरेका रहेछन् ।’

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...