धनकुटाबाट अत्यावश्यक बाहेकका सवारी साधनलाई प्रस्थान गर्न नदिइने

अत्यावश्यकीय काममा बाहेक घर बाहिर ननिस्कन आग्रह

Dhankuta bajar

धनकुटा । पछिल्ला केही दिनयता धनकुटामा पनि कोरोना संक्रमितको संख्या बढेसँगै जिल्ला प्रशासन कार्यालय, धनकुटाले अत्यावश्यकीय काममा बाहेक घर बाहिर ननिस्कन आग्रह गरेको छ ।

धनकुटामा आज बसेको डिसिसिएमसीको बैठकले घर बाहिर निस्किनै परे पनिसरकारले जारी गरेका सबै स्वाथ्य मापदण्डको पालना गर्न आग्रह गर्ने लगायतका निर्णय गरेको छ ।

प्रमुख जिल्ला अधिकार बासुदेव दाहालको अध्यक्षतमा बसेको सो बैठकले सबै स्थानीय तहमा संक्रमित भए होम आइसोलेसनमा बस्ने व्यवस्था मिलाउने र स्थानीय तह आफेलाई पनि आइसोलेन बनाउन लगाउने निर्णय पनि गरेको छ ।

धनकुटा हुँदै अन्य स्थानतर्फ जाने यातयातका साधनलाई नरोक्ने तर धनकुटाबाट अत्यावश्यक बाहेकका सवारी साधनलाई प्रथान गर्न नदिने निर्णय गरेको छ ।

त्यसैगरी सो बैठकले जिल्ला अस्पताल धनकुटाले कोरोना संक्रमितहरुको उपचार, कोरोना परिक्षण, आइसोलेसनमा बस्नेहरुको खाना व्यवस्थापन लगायतको शिर्षकमा माग गरेको ३० लाख रुपैयाँ गृहमन्त्रालयमार्फत केन्द्रिय कोरोना कोष, १ नम्बर प्रदेश सामाजीक विकास मन्त्रालय, आन्तरीक मामिला तथा कानुन मन्त्रालयसँग माग गर्ने निर्णय गरेको छ ।

प्रतिकृया दिनुहोस