कोरोना संक्रमणको ‘हटस्टप’ बन्यो काठमाडौँ उपत्यका, काठमाडौँमै थपिए १९३२ संक्रमित

Kathmandu

काठमाडौं । काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा दुई हजार ४९५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा १४ हजार ४०३ वटा स्वाब नमुनाको पीसीआर परीक्षण गर्दा देशभर पाँच हजार ७०६ जनामा संक्रमण देखिएको थियो । त्यसमध्ये काठमाडौं उपत्यकामा मात्रै दुई हजार ४९५ संक्रमित थपिएका हुन् ।

पछिल्लो २४ घण्टामा थपिएका संक्रमितमा काठमाडौंमा मात्रै एक हजार ९३२ जना छन् । यस्तै, ललितपुरमा ३५५ र भक्तपुरमा २०८ संक्रमित थपिएका हुन् ।

देशमा पछिल्लो २४ घण्टामा कोरोनाका कारण १९ जनाको मृत्यु पुष्टि भएको छ । यस्तै, पछिल्लो २४ घण्टामा एक हजार २८७ जना निको भएका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शनिबार जनाएको छ ।

प्रतिकृया दिनुहोस