कोरोना ग्राफ उकालो लागेको लाग्यै : २४ घण्टाको अवधिमा हालसम्मकै धेरैमा संक्रमण पुष्टि, १९ जनाको मृत्यु

Corona1 4

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा थप ५ हजार ७ सय ६३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा कोरोनाबाट थप १९ जनाको मृत्यु भएको छ। यससँगै कोरोनाबाट ज्यान गुमाउनेको संख्या ३ हजार २ सय ९८ पुगेको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौँ उपत्यकामा मात्रै २४९५ जना संक्रमित थपिएका छन् । काठमाडौँमा १९३२, ललितपुरमा ३५५ र भक्तपुरमा २०८ जना संक्रमित थपिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

गत २४ घण्टामा १२८७ जना डिस्चार्ज भएका छन् । यसैगरी देशभर पछिल्लो २४ घन्टामा १४ हजार ४०३ पीसीआर तथा ५६६ एन्टिजेन परीक्षण भएको छ ।

कहाँ कति थपिए संक्रमित
पछिल्लो २४ घण्टामा काठमाडौं जिल्लामा १ हजार ९३२, ललितपुरमा ३५५ र भक्तपुरमा २०८ जनामा कोरोना संक्रमण देखिएको छ । यस्तै बाँकेमा ५५१, रुपन्देहीमा ४२२, दाङमा २५१, कास्कीमा २१२, चितवनमा १७७, पर्सामा १६३, कैलालीमा १२५ तथा काभ्रेमा १०५ जना संक्रमित थपिएका छन् ।

यसैगरी सुर्खेतमा ९७, मकवानपुरमा ७१, सुनसरीमा ६९, गोरखामा ६७, नवलपरासी पूर्वमा ४३, बारामा ४१, कञ्चनपुरमा ३७, नुवाकोटमा ५३, सिन्धुपाल्चोकमा ३५, मोरङमा ३४ र सल्यानमा २५ जनामा कोरोना संक्रमण देखिएको छ ।

प्रतिकृया दिनुहोस