काठमाडौँ उपत्यकामा एकै दिन झन्डै तीन हजार जनामा कोरोना पुष्टि

Ktm9

काठमाडौँ । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा मात्रै झन्डै तीन हजार जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार काठमाडौँ उपत्यकामा थप दुई हजार नौ सय ५६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

केही दिनयता कोरोना भाइरस सङ्क्रमणको हटस्पट बन्दै गएको काठमाडौँ उपत्यकामा एकै दिन अहिलेसम्मकै धेरै सङ्क्रमित थपिएका हुन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा काठमाडौँमा दुई हजार चार सय चार जना, ललितपुरमा चार सय १९ जना र भक्तपुरमा एक सय ३३ जनामा सङ्क्रमण पुष्टि भएको छ ।

यस्तै पछिल्लो २४ घण्टामा देशभर पाँच हजार पाँच सय २७ सङ्क्रमित थपिँदा थप ३३ जनाले ज्यान गुमाएका छन् ।  एकैदिनमा नयाँ सङ्क्रमण पुष्टि हुनेको यो सङ्ख्या अहिलेसम्मकै धेरै हो ।

 

प्रतिकृया दिनुहोस