चार लाख नेपालीको नेतृत्व गर्न क्रान्ति अर्याल भण्डारीको उम्मेदवारी, सदस्यता मुख्य नारा

Kranti aryal vandari

पेन्सलभेनिया (अमेरिका) । काम गर्न पद होइन, इच्छा शक्ति चाहिन्छ । गैर आवासीय नेपाली संघ अमेरिका (एनआरएनए) को महिला उपाध्यक्षका उम्मेदवार क्रान्ति अर्याल भण्डारीका लागि यही कुरा लागू हुन्छ ।

नेपालको चितवन जिल्लाको चयनपुरमा जन्मिएकी अर्याल १० वर्षको उमेरदेखि काठमाडौंमा बस्न थालेकी थिइन् । अध्यययनका लागि केही समय अष्ट्रेलियामा समेत बसोबास गरिन् । नेपालमा रहँदा विभिन्न बैंकहरुमा र २ वर्ष सरकारी कार्यालयमै काम गरेकी अर्याल १८ वर्षदेखि अमेरिकाको क्यालिफोर्नियामा बसोबास गर्दै आएकी छन् ।

नेपालमा रहँदा मात्रै होइन, अमेरिकामा समेत उनी सामाजिक काममा सधैं सक्रिय बन्ने गरेकी छन् । उनी नेपाली जनसम्पर्क समिति होस् वा जिपी कोइराला फाउण्डेसनमार्फत भए पनि सधैं नेपालीहरुको कामका लागि सक्रिय बन्ने गर्छिन् ।

नेपालमा २०७२ सालमा गएको विनासकारी महाभुकम्पका बेला होस् वा गत वर्षदेखि फैलिएको कोरोना संक्रमणका बेला आपतमा परेका नेपालीहरुको सेवामा तल्लिन बनिन् । उनले कोरोना कहरका बेला पनि आफ्नो ज्यानको बाजी थापेरै भए पनि अमेरिकाका विन्नि शहरहरुमा रहेका नेपालीहरुको उद्धार र सहयोगका लागि जुटिन् ।

लगातारको समाजसेवाले आज उनलाई आवासीय नेपाली संघ अमेरिका (एनआरएनए) को महिला उपाध्यक्षका उम्मेदवार बन्न प्रेरित गरेको छ । लामो समयदेखि गरेको त्यही अनुभवले उनलाई अमेरिकामा बसोबास गर्ने नेपालीसँग राम्ररी परिचित गराएको छ ।

उनका लागि लागि काम नै प्यारो छ । उनलाई त्यही कामले नै विजयी बनाउने बाटो पनि खुल्ला गरिदिएको छ । गैरआवासीय नेपाली संघ (एनआरएनए) अमेरिकाको निर्वाचन आउनै लाग्दा उनले त्यस्ता गुलिया नरा अघि सारेकी छैनन्, मात्र सम्भव हुने र गर्न सकिने नारा मात्रै अघि सारेकी छन् ।

‘मैले अमेरिकामा बसोबास गर्ने आम नेपालीका समस्या समाधान गर्ने अठोटका साथ उम्मेदवारी दिएकी हुँ’ उनले निशान न्युजसँग भनिन्, ‘मैले लामो समयदेखि सामाजिक काममा लागेको कामको अनुभवलाई अमेरिकामा बसोबास गर्ने नेपाली समक्ष शेयर गर्न चाहन्छु । र, आफुले लिएका लक्ष्य पूरा गर्न प्रतिवद्ध छु ।’

अमेरिकामा मात्रै झण्डै चार लाखको संख्यामा नेपाली छन् । त्यती धेरै नेपाली गैरआवासीय नेपाली संघको निर्वाचनमा झण्डै २१ हजार मतदाता छन् । त्यसमध्ये २ हजार ३ सय १४ जना आजिवन सदस्य र १५ हजार ५ सय ७९ जना साधारण सदस्य रहेका छन् ।

‘मैले एनआरएनए पहिलो पटक उम्मेदवारी दिए पनि मलाई धेरैले समथृन गर्नु भएको छ । मैले वाइट हाउसमा पुगेर नेपाली समुदायको आवाजलाई पु¥याउन सक्छु भनेर नै उम्मेदवारी दिएकी छु’ उनले निशान न्युजसँग भनिन्, ‘जित या हारको कुरा मुख्य होइन, कुरा हाम्रो अस्थित्व, नेपालीत्व, आधिकार र सन्ततिको भविष्यसम्मको कुरा मैले उठाउँदै आएको छु’ उनी भन्छिन्, ‘ति सबै कुराको जित हुनुपर्छ, म त्यसैको लागि लागि परेको छु, यसमा म आफ्ना प्रतिवद्धता पूरा गर्न कुनै कसर बाँकी राख्ने छैन ।’

उनले लाखौं नेपालीलाई स्वरोजगार बनाउने, आन्तरिक झमेला र समस्याहरुको अन्त्य गर्ने, नेपालीत्वको भावनाको विकास गराउने, एकले अर्कालाई सहयोग गर्नैपर्छ भन्ने बोध गराउने, विदेशी भुमीमा रहे पनि अनिवार्य रुपमा जन्मभुमीमा केही गर्न प्रेरित गराउने जस्ता कुरालाई जोड दिँदै आएकी छन् ।

उनले अमेरिकामा बसेर पनि महिला सहभागीतको कुरा निक्कै जोडवलले उठाउँदै आएकी छन् । अबको दिनमा पनि महिलाको मुद्दालाई प्रमुख प्राथमिकताका साथ उठाउने उनी बताउँछिन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...