पछिल्लो २४ घण्टामा देशैभर थपिए ४ हजार ८९७ कोरोना संक्रमित, १७ को मृत्यु

Corona new variant sqvcqk5ltv

काठमाडौँ । पछिल्लो २४ घण्टामा देशभर ४ हजार ८ सय ९७ जनामा कोरोनाको संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १३ हजार ८७९ जनाको पीसीआर र ९५५ जनाको एन्टिजेन परीक्षण गर्दा क्रमशः ४ हजार ७७४ र १२३ गरी कुल ४ हजार ८ सय ९७ जनामा संक्रमण पुष्टि भएको हो।

योसँगै नेपालमा सक्रिय संक्रमितको संख्या ३० हजार २०९ पुगेको छ । पछिल्लो २४ घण्टामा ७७३ जना संक्रमणमुक्त भएका छन्। यस्तै पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकाका तीन जिल्लामा २ हजार ४७ जनामा संक्रमण पुष्टि भएको छ।

भक्तपुरमा २३२, ललितपुरमा ३५१ र काठमाडौँमा १४६४ जना नयाँ संक्रमित थपिएको स्वास्थ्य मन्त्रालयले जनाएको हो । यसैबीच, पछिल्लो २४ घण्टामा १७ जना संक्रमितको मृत्यु भएको समेत मन्त्रालयले जनाएको छ।  

प्रतिकृया दिनुहोस

साताको लोकपृय

धनकुटाको बोधेमा लोड गर्दै गरेको ट्रकमा भेटियो ९४६ किलो गाँजा, १ जना पक्राउ

Trak ma 946 kg gaja

धनकुटा । धनकुटाको चौबिसे गाउँपालिकाबाट प्रहरीले ट्रकमा गाँजा लोड भइरहेको ९ सय ४६ किलोग्राम गाँजा ...