बिपी प्रतिष्ठानमा थप दुई कोरोना संक्रमितको मृत्यु

Corona death1

सुनसरी । बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा दुई कोरोना संक्रमितको मृत्यु भएको छ । हिजो सोमवार एकै दिन मोरङ र जनकपुरका दुई बिरामीको मृत्यु भएको हो ।

विराटनगर–१२ का ७५ वर्षीय वृद्धलाई यही वैशाख ४ गते अस्पताल भर्ना गरिएको थियो । उच्च रक्तचापका बिरामी उनको उपचारका क्रममा सोमवार दिउँसो मृत्यु भएको प्रतिष्ठानका सहप्रवक्ता डा। चूडामणि पोखरेलले जानकारी दिए ।

डा। पोखरेलका अनुसार यसअघि धनुषा जनकपुरधाम–८ का ४८ वर्षीय पुरुषको मृत्यु भएको थियो । उनलाई यही वैशाख ९ गते अस्पतालन भर्ना गरिएको थियो । उनी पनि उच्च रक्तचापको बिरामी थिए । दुवै शव स्वास्थ्य मापदण्डअनुसार व्यवस्थापन गरिएको छ । प्रतिष्ठानमा पछिल्लो समय मृत्यु हुनेको सङ्ख्या ६ पुगेको छ । हालसम्म १२५ जनाको कोरोना संक्रमणबाट ज्यान गएको प्रतिष्ठानले जनाएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...