थप ३५५६ जनामा कोरोना पुष्टि, १२ संक्रमितको मृत्यु 

Corona new variant sqvcqk5ltv

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा थप ३ हजार ५ सय ५६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य मन्त्रालयका अनुसार सोमबार थप १२ जना कोरोना संक्रमितको मृत्यु भएको छ। यससँगै हालसम्म कोरोनाबाट ज्यान गुमाउनेको संख्या ३ हजार १ सय ७६ पुगेको छ।

यस्तै काठमाडौँ उपत्यकामा थप १ हजार ९ सय १२ जनामा संक्रमण पुष्टि भएको छ। काठमाडौँका १५६७, ललितपुरका २२३ तथा भक्तपुरका १२२ जनामा संक्रमण पुष्टि भएको हो।

पछिल्लो २४ घण्टामा थप ३७८ जना कोरोना संक्रमित डिस्चार्ज भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार हाल देशभर २२ हजार ४ सय ३४ जना सक्रिय संक्रमित रहेका छन्। गत चौबीस घन्टामा १२ हजार ४ सय पीसीआर तथा ८९३ एन्टिजेन परीक्षण भएको छ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

धनकुटाको बोधेमा लोड गर्दै गरेको ट्रकमा भेटियो ९४६ किलो गाँजा, १ जना पक्राउ

Trak ma 946 kg gaja

धनकुटा । धनकुटाको चौबिसे गाउँपालिकाबाट प्रहरीले ट्रकमा गाँजा लोड भइरहेको ९ सय ४६ किलोग्राम गाँजा ...