कैलालीमा थप एक कोरोना संक्रमितको मृत्यु

Corona death1

कैलाली । कोरोना भाइरसको संक्रमणबाट कैलालीमा थप एक जनाको मृत्यु भएको छ । टीकापुर नगरपालिकाका–१० का ५५ वर्षीय पुरुषको सेती प्रादेशिक अस्पतालको अस्थायी कोरोना अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।

वैशाख ७ गते कडा निमोनिया सहित भर्ना भएका पुरुषको आईसीयूमा उपचार भइरहेको थियो । उनको आइतबार साँझ मृत्यु भएको अस्पतालले जानकारी दिएको छ । कोरोनाको दोस्रो लहर सुरु भएपछि सेतिमा ५ जनाको मृत्यु भइसकेको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...