२४ घण्टामा उपत्यकामा १४ सय ९८ जनामा कोरोना संक्रमण पुष्टि

Kathmandu

काठमाडौँ । पछिल्लो २४ घण्टामा काठमाडौंमा ११ सय ३२ सहित उपत्यकामा १४ सय ९८ जना कोरोना संक्रमित थपिएका छन् । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइतबार गरेको नियमित कोभिड १९ प्रेस ब्रिफिङमा प्रवक्ता डा जागेश्वर गौतमले उपत्यकाका ३ जिल्लामा मात्रै २४ घण्टामा १४ सय ९४ जना संक्रमित फेला परेको जानकारी दिएका हुन् । उनका अनुसार काठमाडौंमा ११ सय ३२, ललितपुरमा २ सय ७० र भक्तपुरमा ९६ जनामा संक्रमण पुष्टि भएको छ ।

२४ घण्टामा ९ हजार २ सय ९२ पीसीआर र ७ सय ८६ एन्टिजेन विधिबाट भएको परीक्षणमा ३ हजार १ सय २२ जना संक्रमित भेटिएका छन् ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...