ह्वात्तै बढ्यो कोरोना संक्रमण देशभर ३ हजार १ सय २२ संक्रमित थपिए  

Corona psycho

 

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा थप ३ हजार १ सय २२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। काठमाडौँ उपत्यकामा थप १ हजार ४ सय ९८ जनामा संक्रमण पुष्टि भएको छ।

काठमाडौँका १ हजार १ सय ३२, ललितपुरका २७० तथा भक्तपुरका ९६ जनामा संक्रमण पुष्टि भएको हो।देशभर २५२ जनाको आइसियु तथा ६५ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ।

पछिल्लो २४ घण्टामा थप ४५० जना कोरोना संक्रमित डिस्चार्ज भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।मन्त्रालयका अनुसार हाल देशभर १९ हजार ३ सय ८२ जना सक्रिय संक्रमित रहेका छन्।

गत चौबीस घन्टामा ९ हजार २ सय ९२ पीसीआर तथा ७८६ एन्टिजेन परीक्षण भएको छ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...