शनिबार थप २६१८ जनामा कोरोना पुष्टि, १४ जनाको मृत्यु 

Corona new variant sqvcqk5ltv

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा थप २ हजार ६ सय १८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

पछिल्लो २४ घण्टामा थप ३६८ जना कोरोना संक्रमित डिस्चार्ज भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। यससँगै नेपालमा हालसम्म कोरोना संक्रमणमुक्त हुनेको संख्या २ लाख ७७ हजार १२३ पुगेको छ।मन्त्रालयका अनुसार हाल देशभर १६ हजार ८ सय २८ जना सक्रिय संक्रमित रहेका छन्।

पछिल्लो २४ घण्टामा कोरोना संक्रमित थप १४ जनाको मृत्यु भएको छ। यसँसगै हालसम्म कोरोनाबाट ज्यान गुमाउनेको संख्या ३ हजार १ सय ३६ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ। काठमाडौँ उपत्यकामा थप ८७२ जनामा संक्रमण पुष्टि भएको छ। काठमाडौँका ६४४, ललितपुरका  १४१ तथा भक्तपुरका  ८७ जनामा संक्रमण पुष्टि भएको हो।

गत चौबीस घन्टामा ७ हजार ५ सय २५ पीसीआर तथा ११ सय ४३ एन्टिजेन परीक्षण भएको छ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

इलाम–२ मा र बभाङ–१ मा कम खस्यो मत, १२ घन्टाभित्र अन्तिम मतपरिणाम आइसक्ने

Ilam matadan

काठमाडौं । शनिबार इलाम–२ मा प्रतिनिधिसभा र बभाङ–१ मा प्रदेशसभा सदस्य चयनका लागि भएको उपनिर्वाचन भ...