शुक्रबार थप २५५९ जनामा कोरोना संक्रमण पुष्टि, थप ५ संक्रमितको मृत्यु

Corona new variant sqvcqk5ltv

 काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा थप २ हजार ५ सय ५९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य मन्त्रालयका अनुसार ८ हजार ७ सय ९८ पीसीआर परीक्षणबाट २ हजार ४ सय ४९ र ८ सय ६६ एन्टिजेन परीक्षणबाट ११० जनामा कोरोना पुष्टि भएको हो। यससँग देशभर कोरोना संक्रमितको कुल संख्या २ लाख ९४ हजार ६ सय १ पुगेको छ।

पछिल्लो २४ घण्टामा थप ४ सय १० जना कोरोना संक्रमित डिस्चार्ज भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। यससँगै नेपालमा हालसम्म कोरोना संक्रमणमुक्त हुनेको संख्या २ लाख ७६ हजार ७५५ पुगेको छ।

मन्त्रालयक अनुसार हाल देशभर १४ हजार ७ सय २४ जना सक्रिय संक्रमित रहेका छन्। पछिल्लो २४ घण्टामा कोरोना संक्रमित थप पाँच जनाको मृत्यु भएको छ। यसँसगै हालसम्म कोरोनाबाट ज्यान गुमाउनेको संख्या ३ हजार १ सय २२ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

इलाम–२ मा र बभाङ–१ मा कम खस्यो मत, १२ घन्टाभित्र अन्तिम मतपरिणाम आइसक्ने

Ilam matadan

काठमाडौं । शनिबार इलाम–२ मा प्रतिनिधिसभा र बभाङ–१ मा प्रदेशसभा सदस्य चयनका लागि भएको उपनिर्वाचन भ...